बाहुबली २ ले बनायो अहिले सम्मको तीन ठूला रेकर्ड !

bahubali-2-768x468

बलिउडमा यतिबेला सबैभन्दा प्रतिक्षित फिल्म हो बाहुबली-२ । यो फिल्मले भारतमा अहिलेसम्मका सबै व्यापारिक रेकर्डहरु तोड्ने अनुमान गरिएको छ ।

त्यसको संकेत अहिले नै देखिइसकेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार रिलिज हुनुअगावै फिल्मले तीन वटा रेकर्ड आफ्नो नाममा गरिसकेको छ ।

राजामौली निर्देशित यस फिल्मले बनाएको पहिलो रेकर्ड हो, भारतमा सबैभन्दा धेरै स्क्रिनमा रिलिज हुनु । यो फिल्म २६ हजार ५ सय स्क्रिनमा रिलिज हुँदैछ । यसअघिको रेकर्ड पनि बाहुबलीकै पहिलो संस्करणले कायम गरेको थियो । सो फिल्मले ४ हजार स्त्रिmन पाएको थियो ।

दोस्रो ठूलो रेकर्ड हो, रिलिज हुनुअगावै ५ सय करोडको कमाई । यो फिल्म थुप्रै भाषाहरुमा रिलिज हुन गइरहेको छ जसका लागि वितरकहरुले पैसा दिइसकेका छन् । हिन्दी भर्सनका लागि मात्रै एक सय २० करोड रुपैयाँ दिइएको छ जसलाई करण जौहरले हिन्दीभाषी क्षेत्रमा लैजानेछन् । यसैगरी तमिल भर्सनका लागि ४७ करोड रुपैयाँ, कर्नाटका भर्सनका लागि ४५ करोड रुपैयाँ, केरला भर्सनका लागि १० करोड रुपैयाँमा वितरण अधिकार दिइएको छ । यसका अलावा तेलुगु भाषाको वितरण अधिकार १ सय ३० करोड रुपैयामा दिइएको छ ।

फिल्मले बनाएको तेस्रो रेकर्ड हो, ट्रेलर भ्यूज । ट्रेलर रिलिज भएको २४ घन्टाभित्र यसले ५ करोड भ्यूज पाएको थियो । यसमा रजनिकान्तको कबाली, आमिर खानको दंगल र शाहरुख खानको रइसलाई बाहुबलीले उछिनेको छ । रजनिकान्तको कवालीको ट्रेलर अहिलेसम्म ४ करोड ५० लाख पटक हेरिएको छ । त्यसलाई बाहुबलीले एक दिनमै पछाडि पारेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बिजुलीमा ५ प्रतिशत भ्याट लगाउने निर्णयको विरोध, लाखौँ उपभोक्ता प्रभावित हुने चिन्ता

 जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत

टिकटकको प्रतिबन्ध सबै इन्टरनेटमा खुल्यो

भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको