
२ वैशाख, एजेन्सी ।‘द कपिल शर्मा शो’ का कलाकार र मेकर्सलाई सबैभन्दा ठूलो झड्का लागेको छ । यसअघि टप १० मा रहने गरेको कपिल शर्मा शो उत्कृष्ट १० शो भन्दा तल झरेको भारतीय मिडियाले जनाएको छ ।
रिपोर्टका अनुसार उक्त शो को टिआरपि १०औ स्थानबाट झरेर १२ औ स्थानमा पुगिसकेको छ । जी टिभीको कार्यक्रम सारेगमापालाई दर्शकले सबैभन्दा बढि मन पराएको रिपोर्टले जनाएको छ ।
पछिल्लो समय ‘कपिल शर्मा शो’मा भाग लिने कलाकारको सहभागितामा समेत कमी आएको छ । कपिल शर्मा र सुनिल ग्रावरको विवाद पश्चात उक्त शोको रेटिङ लगातार तल झर्दै गएको हो।
कपिलले आफ्नो शोलाई पहिलेकै स्थानमा पुर्याउन पुराना चर्चित कमेडियन कुरैशी, राजु श्रीवास्तब, सुनिल पाल आदिको सहारा समेत लिइसकेका छन् ।
टिआरपी घट्दा सोनी च्यानलको कमाइमा उल्लेख्य कमी आएको बताइएको छ।
यस्तै सोनी च्यानलले बेहोर्नु परेको यस घाटाको फाइदा भने कलर्स च्यानलले उठाइरहेको छ।
जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत
भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै
पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो
काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको