“मदर बम” आक्रमणमा परी ९४ जना लडाकुको मृत्यु

जललाबाद । अफगानिस्तानको पूर्वी प्रदेश नानगारहारमा भएको “मदर बम” आक्रमणमा परी मृत्यु हुने इस्लामिक स्टेट (आइएस) लडाकुको सङ्ख्या ९४ भन्दाबढी पुगेको छ । गत बिहीबार अमेरिकाले गरेको सो बम हमलालाई अहिले सम्मकै सवै भन्दा शक्तिशाली बम हमलाको रुपमा लिइएको छ । पहिलो पटक भएको सबैभन्दा शक्तिशाली बम हमलामा परी मृत्यु हुनेहरुको सङ्ख्या अझ बढ्न सक्ने अफगानी अधिकारीले बताएका छन् ।

बमहरुको आमा मानिने एमओएबी बम आइएस लडाकूको दरिलो प्रभाव रहेको क्षेत्रमा प्रहार गरिएको अधिकारीले बताएका छन् । उक्त बमको शक्ति ११ टन टीएनटी बराबर भएको बताइएको छ । इराकसँग युद्ध भएका बेला बनाइएको शक्तिशाली बम तीन महिनामा तयार भएको थियो । छोटो समयमा बम बनाइएपछि १३ दिनको अवधिमा तीन पटकसम्म यसको सफल परीक्षण गरिएको थियो । एयर फोर्सका अनुसार पछिल्लो समय यसको परीक्षण २००३ मा भएको थियो ।

पाकिस्तानको सीमा क्षेत्रमा पर्ने नानगारहार प्रान्तको आचिन जिल्लामा बिहीबार झन्डै नौ मिटर लामो उक्त बम खसालिएको थियो ।
सुरुङभित्र रहेका आइएस लडाकूलाई लक्षित गरी अमेरिकी विमानमार्फत आक्रमण भएको बताइएको छ । घटनास्थल अफगानिस्तानको निकै दुर्गम र पहाडी क्षेत्र भएकाले कुनै सर्वसाधारण नरहेको अमेरिकी पक्षको दाबी र विश्वास रहेको छ ।

आचिन जिल्लाका गभर्नर स्माइल शिनवारीले आक्रमणमा परी कम्तीमा पनि ९२ जना आइएस लडाकु मारिएको शनिबार एएफपीलाई जानकारी दिनुभयो । नानगारहार प्रान्तका प्रान्तीय प्रवक्ता अताउल्लाह खोग्यानीले पनि कम्तीमा ९० जनाको मृत्यु भएको बताउनुभयो ।

अफगानि अधिकारीहरुले यसअघि कम्तीमा ३६ जनाको मृत्यु भएको बताएका थिए । शिनवारीले सर्वसाधारण तथा सरकारी सेनातर्फका कसैको पनि मृत्यु नभएको दावी गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि