भारतीय क्रिकेटर बिराट कोहली र बलिउड अभिनेत्री अनुष्का शर्माबीचको प्रेम कसैबाट छिपेको छैन । उनीहरु धेरै समय एक-अर्काबाट टाढा रहन सक्दैनन् भन्ने पनि धेरैलाई थाहा छ ।
कोहली अहिले काँधको चोटका कारण क्रिकेटबाट टाढा भएका छन् । आइपिएलमा उनको टिम रोयल च्यालेन्जर्स बैंगलोरले पराजय व्यहोरिरहँदा उनी दर्शक दिर्घामा बसेर टुलुटुलु हेर्न बाध्य छन् ।
यही बीचमा उनकी प्रेमिका अनुष्का आफ्नो आगामी फिल्म ‘फिलौरी’ को सुटिङमा व्यस्त थिइन् । तर, हालै आफ्ना घाइते प्रेमीलाई भेट्न उनी बैंगलोरसम्म पुगेको खबर छ ।
सामाजिक सञ्जालमा बिराट र अनुष्काका केही तस्बिर तथा भिडियो छरिएका छन् । भिडियोमा उनीहरु एउटा गाडीभित्र पसिरहेका देखिन्छन् । यीनै फोटो र भिडियोलाई लिएर टि्वटरमा #viruska ह्यासट्याग ट्रेन्ड भएको थियो ।
गत भ्यालेन्टाइन डेका दिन बिराटले अनुष्कासँगको फोटो सामाजिक सञ्जालमा सेयर गर्दै पहिलोपटक आफूहरुबीचको प्रेम स्वीकार गरेका थिए । यसअघि उनीहरुबीच फाटो आएको समाचार पनि फैलिएको थियो ।
खबर अनुसार बिराटले चाँडै बिहे गर्न दवाव दिइरहेका थिए भने अनुष्का आफ्नो करिअर अघि बढाउन चाहन्थिन् । यसै विषयमा उत्पन्न भएको फाटोलाई उनीहरुले अहिले सुल्झाएको प्रतित हुन्छ ।
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको
भदौ ११, काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको
असार १४, काठमाडौँ। मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष एवं
असार ८ काठमाडौं । जननेता मदन भण्डारीको जन्मजयन्तीको अवसरमा प्रेस चौतारी नेपालले टिकटक प्रतियोगिता आयोजना गरेको
२५ फागुन, मुम्बई । अभिनेता एवं लेखक/निर्देशक सतिश कौशिकको ६६ वर्षको उमेरमा निधन बुधबार मुम्बईमा