क्यालिफोर्नियास्थित विद्यालयमा बन्दुकधारीको गोली लागी तीन जनाको मृत्यु

california-shootingक्यालिफोर्निया, २९ चैत । अमेरिकाको क्यालिफोर्नियामा एक प्राथमिक विद्यालयमा बन्दुकधारीले अन्धाधुन्ध चलाएको गोली लागी तीन जनाको मृत्यु भएको छ ।

क्यालिफोर्नियाको सान बर्नाडिन्होमा रहेको प्राथमिक विद्यालयको कक्षा कोठामा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा एक बालकसहित तीन जना मारिएको स्थानीय प्रहरीले जनाएको छ । आक्रमणकारीले कक्षा कोठामा अध्यापन गराइरहेकी शिक्षिका र बालबालिकालाई गोली हानेका थिए ।

शिक्षिका गोली प्रहार गर्ने व्यक्तिको श्रीमती रहेको प्रहरीले जनाएको छ । गोली लागेर शिक्षिका र उनको पछाडी रहेका दुई बालबालिका गम्भीर घाइते भएकोमा ८ वर्षका बालकको मृत्यु भएको छ ।

अरुलाई गोली हानेपछि आक्रमणकारीले आफैलाई पनि गोली हानेका थिए । प्रहरीले घटनालाई हत्या र आत्महत्या रहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि