दबंग ब्वाई’ सलमान दयालु छन्, आक्रमक पनि । उनी बेलावखत सहकर्मीलाई थप्पड हान्न पनि पछि पर्दैनन् । यस्तै कृत्यले उनलाई धेरै पटक फन्दामा समेत पारेको छ ।
जब सलमानको थप्पडको प्रसंग आउँछ, ऐश्वय राय बच्चनको सम्झना हुन्छ । सलमानकी पूर्व गर्लफ्रेण्ड ऐश्वर्यले सलमानको झोंक नजिकबाट अनुभव गरेकी छिन् । उनले के समेत भन्ने गरेकी छिन् भने, ‘सलमानले ममाथि कुटपिट समेत गर्यो ।’ ऐश्वर्यलाई पत्याउने हो भने, त्यसबेला सलमान उनको फ्ल्याटमा आएर हंगमा मच्याए । सलमान रक्सीले फिट्टु थिए । त्यहीबला हो, सलमानले ऐश्वर्यमाथि हात उठाएको ।
तर, सलमानले २००२ मा एउटा अन्र्तवार्ता मार्फत उक्त कुराको खण्डन गरेका थिए, जो अहिले फेरी भाइरल भएको छ । सलमानले भनेका छन्, ‘जब मलाई रिस उठ्छ, म कसैलाई कुट्दिन । बरु, भित्तामा मुड्की बजार्छु ।’ यद्यपी उनले चर्चित फिल्म मेकर सुभाष घईको गाला चड्काएको कुरा स्विकारेका छन् । सुभाषले आफुलाई रिस उठाएको र गर्दनमा समातेकाले गर्दा थप्पड हानेको सलमानले बताएका छन् ।
यो घटना त्यसबेलाको हो, जतिबेला रणबीर कपुर फिल्म उद्योगमा आएकै थिएनन् । एक नाइट क्लबमा पार्टी गरिरहेका थिए । सलमान त्यहाँ पुगे । रणबीरलाई सलमानले खासै चिनेका पनि थिएनन् । त्यहाँ विवाद भयो र सलमानले रणबीरको गाला चड्काइदिए । यो कुरा रणबीरले पिता ऋषि कपुरलाई सुनाए । ऋषि मार्फत यो कुरा सलमान पिता सलीम खानसम्म पुग्यो । सलिम एकदमै दुखी भए, सलमानलाई गाली गरे र तुरुन्त माफी माग्न लगाए । सलमानले पिताको आदेश शिरोधर गरे ।
केही समय पहिले उनले कटरिना कैफलाई समेत चड्काएका थिए । एक फिल्मको छायांकनमा कामुक पहिरनमा देखिएकी कटरिनालाई सलमानले चेतावनी दिदै थप्पड हानेको चर्चा छ । मध्यन्ह एक कफि सपमा कटरिनालाई सबैको सामुन्ने सलमानले थप्पड हानेका हुन् ।
२५ फागुन, मुम्बई । अभिनेता एवं लेखक/निर्देशक सतिश कौशिकको ६६ वर्षको उमेरमा निधन बुधबार मुम्बईमा
२३ फागुन ,मुम्बई । अभिनेता अमिताभ बच्चन हैदराबादमा फिल्म ‘प्रोजेक्ट के’ को एक एक्सन दृश्य
१५ फागुन,काठमाडौं । नायक पल शाह एक वर्षपछि जेल मुक्त भएका छन । गत फागुन
४ फागुन नयाँदिल्ली । शाहरुख खान र दीपिका पादूकोण अभिनित चलचित्र ‘पठान’ले भारतमा ५ सय
१८ माघ, काठमाडौं । गायक तुलसी सिवाकोटीको नयाँ गीत ‘बसौन तिमी र म’ सार्वजनिक भएको छ
५ माघ , काठमाडौं । सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा राजधानीको सभागृहमा समुदघाटन