२९ चैत, एजेन्सी ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडाको मार ए लोगो रिसोर्टमा खडा गरिएको व्यक्तिगत हेलिकप्टरले आशंका जन्माएको छ। ट्रम्पले सो हेलिकप्टर नियाल्न सक्छन् तर त्यसमा उडान भर्न सक्दैनन् । राष्ट्रपति भएपछि सुरक्षा प्रोटोकलको कारणबाट उनलाई व्यक्तिगत हेलिकप्टरबाट उडान भर्ने अनुमति छैन । तर उनको क्लब मार ए लोगोमा सो हेलिकप्टर ल्याण्ड गरिदाँ आशंका जन्मेको खबर अन्तराष्ट्रिय मिडियाले खबर छापेका छन्।
सिक्रेट सर्भिसका अनुसार सुरक्षा प्रोटोकलको कारण ट्रम्प अमेरिकी राष्ट्रपति चढ्ने विमान एयर फोर्स वानबाट उडान भर्न सक्छन्। वा मरिक वान नामक हेलिकप्टरबाट मात्र उडान भर्न सक्छन् ।
ट्रम्पको प्राइभेट हेलिकोप्टर ‘सिरोस्की एन – ७६’ मा ट्रम्पको नाम रातो रंगमा ठुलो अक्षरमा लेखिएको छ । साथै यसको इन्टेरियर विशेष तरिकाले डिजाइन गरिएको छ। ट्रम्पसंग यस्ता दुइवटा हेलिकप्टर रहेका छन् ।
आइतवार उनको प्राइभेट हेलिकप्टर मार ए-लोगोमा बनेको नयाँ हेलिप्याडमा देखा परेको केहि समयमै गायब भएको थियो । ह्वाइट हाउसले हेलिकप्टर त्यहाँ पार्किङ गर्नुको कारणबारे सोध्दा उनले यसबारे कुनै जवाफ दिएनन् ।
पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,
भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति
चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद