चुम्बनका फाइदा र बफाइदा दुवै छन् । चुम्बन गर्दा पार्टनरको मुखसंग प्रत्यक्ष सम्पर्क हुनेहुँदा केही रोग सर्ने सम्भावना सधै रहन्छ।
१.संक्रमण सर्ने खतरा – जब हामी कसैलाई चुम्बन गर्ने क्रममा अघि बढ्छौ, हाम्रो दिमागमा रोग सर्ने खतराबारे एउटा कुरा पनि दिमाग आउँदैन । यौन सम्पर्कबाट मात्रै रोगको संक्रमण हुन्छ भन्ने मानसिकता छ, तर चुम्बनका क्रममा पनि एक व्यक्तिबाट अर्कोमा संक्रमणको खतरा हुन्छ ।
२. रुघाखोकी – रुघाखोकी लागेको व्यक्तिले अर्कोलाई चुम्बन गर्दा र्यालबाट सर्न सक्छ । विशेषगरी यो तीन तरिकाले सर्छ, हाछ्यु गर्दा, खोक्दा र चुम्बन गर्दा ।
३. फोका वा ठेउला उठ्ने – ओठमा फोका वा ठेउला चुम्बनको माध्यमबाट सर्ने रोग हो ।
४. खटिरा – यो पनि एक सरुवा रोग हो, जुन चुम्बन तथा यौन सम्पर्कबाट पनि सर्न सक्छ ।
५. मस्तिष्कमा असर – मष्तिस्कको वरिपरिको जाली सुन्निने समस्या उत्पन्न गराउँने जीवाणु चुम्बनबाटै सर्छ । यो रोग सरेमा घाँटी कडा हुने, ज्वरो र टाउँको दुखाईजस्ता लक्षण देखा पर्न थाल्छ । यस्तो लक्षण देखिए मेन्निजजाइटिस भएको हुनसक्छ र एक मिनेटपनि खेर नफालि अस्पताल पुग्नुपर्छ।
६. श्वासप्रश्वास सम्बन्धी समस्या – यसमा चिसो, फ्लु तथा दादुरा जस्तो समस्यालाई दर्शाउँछ । यस्तो समस्या संक्रमण भएको व्यक्तिसँग एउटै कोठामा रहनु भएमा पनि सर्न सक्छ । तर, जब तपाई यस रोगको संक्रमित व्यक्तिसँग चुम्बन गर्नुहुन्छ, यो रोग तपाईमा सर्ने संभावना पनि बढेर जान्छ ।
७. गिजासम्बन्धी रोग – गिजासम्बन्धी रोग चुम्बनले फैलने हुँदैन । यद्यपी, केही खराब जीवाणुका कारण यो रोग निम्त्याउँन सक्छ ।
काठमाडौँ, कात्तिक २ गते । सरकारले नर्सिङ स्वास्थ्यकर्मीहरूको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न १४ सदस्यीय समिति
काठमाडौँ, असोज २४ गते। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) ले अबदेखि चिकित्सकहरूलाई औषधी सिफारिस
काठमाडौँ, जेठ २७ – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले ल्याएको बजेट आर्थिक सुधारको
माघ ३,काठमाडौँ। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालमा निकै दुर्लभ मानिएको पक्षघातको उपचारमा प्रयोग हुने
पेरिस, पुस १२ गते । सानो र गरिब मायोटदेखि तेल–धनी महाशक्ति साउदी अरबसम्म र समृद्ध युरोपेली
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा