आगलागीमा ११ घर जलेर नष्ट

aaglagi२९ चैत, काठमाडौं । जंगलबाट सल्किएको आगो गाउँमा पस्दा पाँचथर जिल्लाको सवाङमा एघार घर जलेर नस्ट भएको छ ।

सोमबार दिउँसो करिब एक बजे हिलिहाँङ गाउँपालीका ७ सिर्वानी दोभानबाट सल्किएको आगो नजिकैको गाउँमा पस्दा ११ घर जलेर नस्ट भएको पाँचथर प्रहरीले बताएको छ ।

 

आगलागीको कारण सो स्थानका इन्द्रबहादुर पङ्धाक, डिल्ली पङधाक, राज कुमार पङ्धाक, राजेन्द्र पङ्धाक, मदन चापागाई, गोपाल खनाल, कुलबहादुर खनाल, गोपाल खनाल, मानबहादुर खनाल, रबिलाल चापागाई र चन्द्रप्रसाद चापागाईको घर, गोठ र गाई–भैंसी जलेर पूर्णरुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

आगलागी भएको स्थानमा दमकल लैजान सक्ने सडक नभएकाले आगो नियन्त्रणमा समस्या भएको भएको थियो । उक्त आगलागी नेपाली सेना नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानियवासीको सहयोगमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट