आस्वाबाट सेयरभर्दा बढीमा १ सय शुल्क लाग्ने

asba4

२८ चैत, काठमाडौं । अब आस्वा (बैंक खातामा रहेको निक्षेप सेयर नपर्दासम्म त्यहि रहने गरि सेयरमा आवेदन दिन सकिने व्यवस्था) बाट सेयर भर्दा लगानीकर्ताले अधिकत्तम १ सय रुपैया तिरे पुग्ने भएको छ । यसअघि सो सुविधा दिने बैंकहरुले ग्राहकसँग अधिकत्तम २ सय ५० रुपैयाँसम्म लिन सक्ने व्यवस्था रहेको थियो ।

 

धितोपत्र बोर्डले धितोपत्र खरिद (सार्वजनिक निष्कासन) सम्बन्धी निर्देशिका, (आस्वा सम्वन्धी) २०७३ संशोधन गरेर यस्तो व्यवस्था गरेको हो । आस्वा सेवा दिदा निष्कासन तथा विक्री प्रवन्धकले प्राप्त गर्ने शुल्क १० रुपैयाँ बनाएर र बोर्डमा वुझाउनु पर्ने ३ प्रतिशत शुल्क हटाएर ग्राहकले तिनुपर्ने शुल्क कम गरिएको हो । धितोपत्र बोर्डका अनुसार आस्वा प्रणाली शुरुभएयता सार्वजनिक निष्कासन भएका ३ संस्थामा करीब ६० प्रतिशत रकमको आवेदन यही प्रणालीबाट भएको छ ।

यो प्रणालीमा लगानीकर्ताको सहभागिता बढेपछि बोर्डले सरकारी स्वामित्व रहेको वाणिज्य वैंकलाई यसमा सहभागी गराउने, ७५ जिल्लावाट आस्वा प्रणाली मार्फत दरखास्त दिन सकिने व्यवस्था गर्न लागिएको छ । लगानीकर्ताले वेभसाइटवाट सहज ढंगले दरखास्त फारम प्राप्त गर्न सक्ने व्यवस्था पनि गरिन लागेको छ ।

अन्य संशोधन यस्ता रहेका छन् :

निष्काशन भएको धितोपत्र तोकिएको समयावधि भित्र विक्री भए नभएको यकिन गर्ने तथा दरखास्त सम्वन्धी अभिलेखलाई व्यवस्थित, छिटो छरितो र सहज गराउने

सम्वन्धित वैंक वा वित्तीय संस्थाले समेत दरखास्त साथ प्राप्त कागजात तथा विवरणको आवश्यक जाँचबुझ एवं हितग्राही खाता रुजु गर्न सक्ने व्यवस्था गरी वाँडफाँट समयावधि कम गर्ने ।

धितोपत्र खरिद दरखास्त फारमलाई सरलीकृत गरिएको ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल