गिर्जाघर आक्रमणपछि इजिप्टमा संकटकाल

95564382_93a332b2-b32d-4a63-9433-43fd286736d9कप्टिक गिर्जाघरहरुमा भएका आक्रमणपछि इजिप्टका राष्ट्रपति अब्दुल फताह अल-सीसीले देशभर तीन महिने संकटकाल लगाएको घोषणा गरेका छन्।

उक्त निर्णयसँगै महत्वपूर्ण संरचनाको सुरक्षाका लागि अब इजिप्टमा प्रहरीसँगै सेना खटिनेछ र सुरक्षा निकायलाई पक्राउ पूर्जी विना गिरफ्तारीहरु गर्ने अधिकार हुनेछ।

आइतबार राजधानी कायरो नजिकै रहेको गिर्जाघरमा भएको पहिलो विस्फोटनमा कम्तीमा २७ जना मारिएका थिए र एलेक्जेण्ड्रियाको एउटा क्याथीड्रलमा गराइएको अर्को विस्फोटनमा कम्तीमा १६ जनाले ज्यान गुमाएका थिए।

‘पाम सन्डे’ भन्ने चाड मनाउन भेला भएका ईसाईहरुलाई लक्षित गरि गराइएका ती विस्फोटनको जिम्मेवारी इस्लामिक स्टेट समूहले लिएको छ।

संकटकाल
विस्फोटनहरुबारे राष्ट्रिय सुरक्षा परिषदको बैठकमा छलफल गरेपछि आफ्नो कार्यलयबाट गरेको सम्बोधनमा राष्ट्रपति सीसीले आफू पछि नहट्ने प्रष्ट पारे।

उनले जिहादी विरुद्धको युद्ध लामो र पीडादायी हुने भन्दै सबै कानूनी र संवैधानिक प्रकिया पूरा गरेर संकटकाल कार्यान्वयनमा आउने जनाए।

संसदमा रहेका बहुमत सदस्यको समर्थन राष्ट्रपति सीसीलाई छ र संसदले अनुमोदन गरेपछि संकटकाल कार्यान्वयनमा आउनेछ।

यसअघि उनले महत्वपूर्ण र अत्यावश्यक संरचनाको सुरक्षाको जिम्मेवारी दिएर देशभर सेना परिचालन गर्ने आदेश दिएका थिए।

संकटकालको कार्यान्वयनसँगै अधिकारीहरुले विना पूर्जी मानिसहरुलाई गिरफ्तार गर्न र घरमा छापा मार्न पाउनेछन्।

जेरुसलेममा जिसस क्राइस्ट प्रवेश गरेको पवित्र दिनका रुपमा मनाइने पाम सन्डेको अवसरमा विभिन्न समारोहहरु भइरहँदा टान्टा र एलेक्जेण्ड्रियास्थित गिर्जाघरमा आइतबार विस्फोटन गराइएका थिए।

इस्लामिक स्टेट समूहले आफ्ना दुई आत्मघाती हमलाकारीले सो विस्फोटन गराएको बताएको छ।

चिन्ता
ईसाई धर्मगुरु पोप फ्रान्सिसले कुल जनसंख्याको १० प्रतिशत ईसाई रहेको इजिप्टको भ्रमण गर्नु केही साता पहिले पछिल्लो हमला भएको हो।

बीबीसीका अरब मामिला सम्पादक सेबास्टियन असर भन्छन्, इजिप्टका ईसाईहरुले आफूलाई अल्पसंख्यक र जोखिममा रहेका समुदायका रुपमा ठान्ने गरेका छन् र बढ्दो जिहादी उग्रवादले इजिप्टमा हालैका वर्षहरुमा सर्वसाधारणमा असुरक्षा निकै बढाएको छ।

राष्ट्रपति सीसीको पछिल्लो कदमले अधिकारवादी समूहलाई थप चिन्तित बनाउने विश्लेषण गरिएको छ।

पूर्व सेना प्रमुख रहेका उनले इजिप्टमा दशौँ हजार विपक्षीलाई गिरफ्तार गरेर यातना दिएको र नागरिक तथा राजनीतिक अधिकार कुन्ठित गरेको आरोप खेपिरहेका छन्।

BBC Nepali बाट 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद