कप्टिक गिर्जाघरहरुमा भएका आक्रमणपछि इजिप्टका राष्ट्रपति अब्दुल फताह अल-सीसीले देशभर तीन महिने संकटकाल लगाएको घोषणा गरेका छन्।
उक्त निर्णयसँगै महत्वपूर्ण संरचनाको सुरक्षाका लागि अब इजिप्टमा प्रहरीसँगै सेना खटिनेछ र सुरक्षा निकायलाई पक्राउ पूर्जी विना गिरफ्तारीहरु गर्ने अधिकार हुनेछ।
आइतबार राजधानी कायरो नजिकै रहेको गिर्जाघरमा भएको पहिलो विस्फोटनमा कम्तीमा २७ जना मारिएका थिए र एलेक्जेण्ड्रियाको एउटा क्याथीड्रलमा गराइएको अर्को विस्फोटनमा कम्तीमा १६ जनाले ज्यान गुमाएका थिए।
‘पाम सन्डे’ भन्ने चाड मनाउन भेला भएका ईसाईहरुलाई लक्षित गरि गराइएका ती विस्फोटनको जिम्मेवारी इस्लामिक स्टेट समूहले लिएको छ।
संकटकाल
विस्फोटनहरुबारे राष्ट्रिय सुरक्षा परिषदको बैठकमा छलफल गरेपछि आफ्नो कार्यलयबाट गरेको सम्बोधनमा राष्ट्रपति सीसीले आफू पछि नहट्ने प्रष्ट पारे।
उनले जिहादी विरुद्धको युद्ध लामो र पीडादायी हुने भन्दै सबै कानूनी र संवैधानिक प्रकिया पूरा गरेर संकटकाल कार्यान्वयनमा आउने जनाए।
संसदमा रहेका बहुमत सदस्यको समर्थन राष्ट्रपति सीसीलाई छ र संसदले अनुमोदन गरेपछि संकटकाल कार्यान्वयनमा आउनेछ।
यसअघि उनले महत्वपूर्ण र अत्यावश्यक संरचनाको सुरक्षाको जिम्मेवारी दिएर देशभर सेना परिचालन गर्ने आदेश दिएका थिए।
संकटकालको कार्यान्वयनसँगै अधिकारीहरुले विना पूर्जी मानिसहरुलाई गिरफ्तार गर्न र घरमा छापा मार्न पाउनेछन्।
जेरुसलेममा जिसस क्राइस्ट प्रवेश गरेको पवित्र दिनका रुपमा मनाइने पाम सन्डेको अवसरमा विभिन्न समारोहहरु भइरहँदा टान्टा र एलेक्जेण्ड्रियास्थित गिर्जाघरमा आइतबार विस्फोटन गराइएका थिए।
इस्लामिक स्टेट समूहले आफ्ना दुई आत्मघाती हमलाकारीले सो विस्फोटन गराएको बताएको छ।
चिन्ता
ईसाई धर्मगुरु पोप फ्रान्सिसले कुल जनसंख्याको १० प्रतिशत ईसाई रहेको इजिप्टको भ्रमण गर्नु केही साता पहिले पछिल्लो हमला भएको हो।
बीबीसीका अरब मामिला सम्पादक सेबास्टियन असर भन्छन्, इजिप्टका ईसाईहरुले आफूलाई अल्पसंख्यक र जोखिममा रहेका समुदायका रुपमा ठान्ने गरेका छन् र बढ्दो जिहादी उग्रवादले इजिप्टमा हालैका वर्षहरुमा सर्वसाधारणमा असुरक्षा निकै बढाएको छ।
राष्ट्रपति सीसीको पछिल्लो कदमले अधिकारवादी समूहलाई थप चिन्तित बनाउने विश्लेषण गरिएको छ।
पूर्व सेना प्रमुख रहेका उनले इजिप्टमा दशौँ हजार विपक्षीलाई गिरफ्तार गरेर यातना दिएको र नागरिक तथा राजनीतिक अधिकार कुन्ठित गरेको आरोप खेपिरहेका छन्।
BBC Nepali बाट
काठमाडौँ, साउन २१ ।सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले कृत्रिम बौद्धिकता (एआई) को विकासमा नेपाल
साउन २०, २०८२ | तीनकुनेमा गत चैत १५ गते आयोजित राजावादी प्रदर्शनमा संलग्न रहेको आरोपमा पुर्पक्षका
काठमाडौं, साउन १२ – नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग सम्बन्धित सबै प्रकारका बहस तथा
काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का
बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा
असार १७, काठमाडौं ।परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनबाट प्रभावित मुलुकहरूका लागि जलवायु वित्त