April 10, 2017

मोर्चाको विरोधबीच चार जिल्लामा मतदान केन्द्र

चैत २८, काठमाडौं – मधेसी मोर्चाको विरोधबीच २ नम्बर प्रदेशका ४ वटा जिल्लामा मतदान केन्द्र निर्धारण गरिएका छन् । निर्वाचन आयोगका अनुसार २ नम्बर प्रदेशका धनुषा, सर्लाही, बारा र पर्सामा निर्वाचन क्षेत्र निर्धारण भएका छन्। आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

आयोगले सरकारलाई अल्टिमेटम दिएर २ नम्बर प्रदेशमा मतदान केन्द्र निर्धारण गरिदिन आग्रह गरेको थियो । तर सरकारका तर्फबाट खासै पहल नभएपछि चार वटा जिल्लामा अझै केन्द्र निर्धारण हुन सकेका छैनन्।

राजनीतिक सहमतिमा केन्द्र निर्धारण नभए २०७० सालको संविधानसभा निर्वाचनमा तोकिएका मतदान केन्द्रलाई नै कायम गरेर निर्वाचन गराउने चेतावनी आयोगले दिइसकेको छ।

यसैबीच ४४ वटा राजनीतिक दलले आफ्नो पार्टीबाट उम्मेदवार प्रमाणित गर्ने अधिकारीको नमुना हस्ताक्षर आयोगमा बुझाएका छन्। उम्मेदवार प्रमाणित गर्ने अधिकारी दलको केन्द्रिय स्तरको नेता हुनुपर्ने स्थानीय तह निर्वाचन ऐनमा व्यवस्था छ। आयोगले यस्तो व्यक्तिको हस्ताक्षर संकलनका लागि चैत ३० सम्मको समय तोकेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्री दाहाल

११ चैत्र, काठमाडौँ। प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”ले गरीब, बिपन्न

कोशी प्रदेश नामकरण विवादलाई समाधान गर्न छानबिन समिति गठन गर्ने सरकारको निर्णय

११चैत,काठमाडौं। कोशी प्रदेश नामकरणको विरोधमा प्रदर्शनका क्रममा चैत ५ गते भएको घटनाबारे छानबिन गर्न सरकारले

एमालेलाई उपेक्षा गरेर देशको राजनीति अघि बढ्न सक्दैन : विष्णु पौडेल

११ चैत, काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले एमालेलाई उपेक्षा गरेर देशको राजनीति

आर्थिक र राजनीतिक बोझ बनेको प्रदेशतहको संरचना हटाउ : कमल थापा

११ चैत,काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आर्थिक र राजनीतिक बोझ बनेको प्रदेशतहको संरचना

बसन्त कुँवर नेपाल प्रहरीको आईजीपीमा नियुक्त

१० चैत, काठमाडौं । सरकारले बसन्त कुँवरलाई प्रहरी महानिरीक्षक (आईजीपी)मा नियुक्त गर्ने निर्णय गरेको छ

राहुल गान्धीको संसद सदस्यता खारेज

१० चैत,नयाँदिल्ली। भारतीय कंग्रेसका नेता राहुल गान्धीको संसद सदस्यता खारेज गरिएको छ। लोकसभा सचिवालयले एक