एजेन्सी । दुई दिन अगाडि मात्र युवा क्रिकेटर ऋषभ पंत पितृशोकमा थिए । तर उनी शोकमा पनि विचलित नभइ पिताको अन्तिम संस्कार गरेलगत्तै आफ्नो टीम दिल्ली डेयरडेविल्सको लागि खेले । यतिमात्र होइन, उनले ३३ बलको सामना गर्दै अर्धशतक समेत बनाए ।
उनले एक शानदार पारी खेलेपनि शेन वाट्शनको कप्तानी रहेको आसिबीले दिल्लीलाई १५ रनले पराजित गर्यो । दिल्ली ९ विकेटको क्षतिमा १४२ रन मात्र बनाउन सक्यो । अन्तिम ओभरको पहिलो बलमा पवन नेगीको हातबाट पंत आवट हुन पुगे, जुनबेला खेल जिताउन ऋषभ नायक बन्न सक्थे । उनको उक्त शानदार पारी जितका लागि पर्याप्त हुन सकेन ।
शनिबार ऋषभले आफ्नो पहिलो बलमा नै छक्का हानेका थिए । उनी बैंगलोरविरुद्ध जमेर खेलेपनि दोस्रो खेलाडिको राम्रो साथ मिलेन ।
१९ वर्षीय पंतको पिताको बिहीबार मृत्यु भएको थियो । उनी अन्तिम संस्कार सकेर शुक्रबार टीमसँग जोडिएका थिए । बताइएअनुसार उनी अभ्यास खेलमा पनि भाग लिएका थिए ।
काठमाडौँ, कात्तिक २ गते । सरकारले नर्सिङ स्वास्थ्यकर्मीहरूको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न १४ सदस्यीय समिति
वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री
काठमाडौँ, असोज २४ गते। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) ले अबदेखि चिकित्सकहरूलाई औषधी सिफारिस
काठमाडौँ, भदौ २९।‘जेन–जी’ आन्दोलनका क्रममा उत्पन्न हिंसात्मक घटनाले नेपालका प्रमुख सरकारी संरचनासहित सर्वोच्च अदालत, विशेष
काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का
असार १७, काठमाडौं ।परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनबाट प्रभावित मुलुकहरूका लागि जलवायु वित्त