पिताको अन्तिम संस्कारबाटै खेल खेल्ल आतुर खेलाडी

rishav-pantaएजेन्सी । दुई दिन अगाडि मात्र युवा क्रिकेटर ऋषभ पंत पितृशोकमा थिए । तर उनी शोकमा पनि विचलित नभइ पिताको अन्तिम संस्कार गरेलगत्तै आफ्नो टीम दिल्ली डेयरडेविल्सको लागि खेले । यतिमात्र होइन, उनले ३३ बलको सामना गर्दै अर्धशतक समेत बनाए ।

उनले एक शानदार पारी खेलेपनि शेन वाट्शनको कप्तानी रहेको आसिबीले दिल्लीलाई १५ रनले पराजित गर्‍यो । दिल्ली ९ विकेटको क्षतिमा १४२ रन मात्र बनाउन सक्यो । अन्तिम ओभरको पहिलो बलमा पवन नेगीको हातबाट पंत आवट हुन पुगे, जुनबेला खेल जिताउन ऋषभ नायक बन्न सक्थे । उनको उक्त शानदार पारी जितका लागि पर्याप्त हुन सकेन ।

शनिबार ऋषभले आफ्नो पहिलो बलमा नै छक्का हानेका थिए । उनी बैंगलोरविरुद्ध जमेर खेलेपनि दोस्रो खेलाडिको राम्रो साथ मिलेन ।

१९ वर्षीय पंतको पिताको बिहीबार मृत्यु भएको थियो । उनी अन्तिम संस्कार सकेर शुक्रबार टीमसँग जोडिएका थिए । बताइएअनुसार उनी अभ्यास खेलमा पनि भाग लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित

सफल जीवन बीमा अभिकर्ता बन्ने कला

  अधिवक्ता तारा निधि पन्त जीवन बीमा अभिकर्ता बन्नु केवल आम्दानीको स्रोत मात्र होइन, समाजका व्यक्तिहरूलाई

नर्सका माग सम्बोधन गर्न सरकारी समिति गठन, पहिलो बैठक आजै

काठमाडौँ, कात्तिक २ गते । सरकारले नर्सिङ स्वास्थ्यकर्मीहरूको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न १४ सदस्यीय समिति