सोनी टिभीले कपिलको कार्यक्रमको साटो सुनिलको कार्यक्रम राख्ने

sunil-grover-kapil-sharma-7591

चैत २६ – यो वर्ष कपिल शर्मालाई फापेन । उनको स्थिती दिनप्रतिदिन बिग्रँदो छ । सहकर्मी सुनिल ग्रोवरसँगको उनको झगडा साम्य हुने नामै लिँदैन । दैनिकजसो हामीले उनीहरुबारे केही नयाँ जानकारी पाएका हुन्छौं तर स्थिती सप्रनुको साटो बिग्रँदो छ।

मिडियामा पुनः अर्को खबर फैलिएको छ । केही भारतीय मिडियाले दाबी गरे अनुसार सोनी टेलिभिजनले कपिल शर्माको कार्यक्रको साटो सुनिलको कार्यक्रमलाई स्थान दिएको छ ।

सुनिलले द कपिल शर्मा शो छोडेपटि कार्यक्रमको टिआरपी ह्वात्तै घटेको छ जुन सोनी टिभीका लागि स्विकार्य नभएको बताइएको छ ।

सुनिलको नयाँ कार्यक्रममा सोनी टेलिभिजनले अनुसन्धान गरिरहेको र त्यसबारे छलफल र कुराकानी भइरहेको जनाइएको छ । सुनिल ग्रोवरलाई अर्को टेलिभिजन च्यानल – कलर्सले नयाँ कार्यक्रमको लागि प्रस्ताव राखेको बताइएको छ । यद्यपी, उनले यो प्रस्तावलाई भने स्विकार नगरेको जानकारीमा उल्लेख छ ।

समाचार एजेन्सी डीएनए भन्छ, ‘सोनीसँग रिंकु भावी र डा। मसुर गुलाटीको भूमिकामाथि अधिकार छ र उनीहरुले यसमार्फत धेरै पैसा पनि कमाइरहेका छन् । त्यसकारण यी पात्रमार्फत् भिन्न कार्यक्रम बनाउने उनीहरुले सोच बनाइरहेका छन् ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बिजुलीमा ५ प्रतिशत भ्याट लगाउने निर्णयको विरोध, लाखौँ उपभोक्ता प्रभावित हुने चिन्ता

 जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत

टिकटकको प्रतिबन्ध सबै इन्टरनेटमा खुल्यो

भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको