
गत हप्ता शुक्रबारदेखि सुरु भएको मुसलधारे वर्षासँगै मोकोआ क्षेत्रमा प्रमुख तीन नदीमा आएको बाढी र यसका कारण विभिन्न क्षेत्रमा गएको पहिरोले व्यापक धनजनको क्षति भएको कोलम्वियाको केन्द्रीय विपद् व्यवस्थापन कार्यालयले बताएको छ ।
उद्धारकार्यमा खटिएका अधिकारीले २१८ मृत शरीरलाई संकलन गरी उनीहरुको आफन्तलाई बुझाएको उक्त कार्यालयले बताएको छ ।
बाढी तथा पहिरोका कारण तीन हजार २४० मानिस घरबार बिहीन बनेका छन् । बाढी तथा पहिरोमा आफ्नो वासस्थान गुमाएका उनीहरुलाई आधारभूत खाद्यान्न लगायतका सामग्रीको प्रवन्ध गरी शिविरमा राखिएको छ ।
सरकारद्वारा दैवी प्रकोपका कारण ३०१ जनाको मृत्युभएको बताएपनि कोलम्वियाका राष्ट्रपति जुआन म्यानुयल सान्तोसले बुधबार ३१४ जना वेपत्ता भएको बताएका थिए ।
झन्डै ७० हजार जनसङ्ख्यामा भएको भोकोआमा बस्दै आएका करिव ४५ हजार मानिस उक्त विपद्का कारण प्रभावित बनेका यहाँको रेडक्रस सोसाइटीले जनाएको छ । रासस÷एएफपी
वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री
काठमाडौँ, भदौ २९।‘जेन–जी’ आन्दोलनका क्रममा उत्पन्न हिंसात्मक घटनाले नेपालका प्रमुख सरकारी संरचनासहित सर्वोच्च अदालत, विशेष
काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का
असार १७, काठमाडौं ।परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनबाट प्रभावित मुलुकहरूका लागि जलवायु वित्त
सेभिया (स्पेन), असार १६ – प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारको आवश्यकतामा विशेष
वैशाख २३ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार अधिकारीहरूलाई अल्काट्राज कारागार पुनर्निर्माण र पुनः खोल्न निर्देशन