यो दम्पतीको अहिले १५ महिनाकी छोरी म्याक्स छिन् । जुकरबर्गले आफ्नो फेसबुक पेजमा लेखेअनुसार म्याक्सलाई जन्माउँदा गर्भधारणमा समस्या आएकाले दोस्रो सन्तान जन्माउन सक्नेमा यी दम्पती सशंकित थिए । उनले लेखेका छन्– ‘जब हामीले प्रिसिल्ला फेरि गर्भवती भएको थाहा पायौँ, हाम्रो पहिलो चाहना बच्चा स्वस्थ जन्मिओस् भन्ने थियो अर्को चाहना जन्मिने बच्चा छोरी होस् भन्ने थियो ।’
यो दम्पतीले २०१५ को डिसेम्बरमा आफूहरू पहिलो पटक आमाबाबु बन्न लागेको घोषणा गरेका थिए । गर्भधारणका लागि प्रिसल्लाले निकै कठिनाइको सामना गर्नुपरेको थियो । पहिलो छोरी जन्मनुअघि उनको तीन पटक गर्भ तुहिएको थियो ।
जुकरबर्गले आफू र प्रिसल्ला दिदीबहिनीबीच हुर्किएको बताएका छन् ।
दिदीबहिनीसँग खिचेका बाल्यकालका थुप्रै फोटो पनि उनले सेयर गरेका छन् । ‘म तीन दिदीबहिनीसँग हुर्केको हुँ । उनीहरू मेरा दिदीबहिनी मात्र थिएनन् । मेरा साथीजस्ता थिए । उनीहरूले मलाई कसरी प्रतिस्पर्धा गर्ने र कसरी जीवन जिउने भन्ने सिकाएका थिए ।
प्रिसिल्ला पनि दुई दिदीबहिनीसँग हुर्केकी हुन् र उनीहरूले प्रिसल्लालाई अरूको सेवा र परिश्रमबारे सिकाएका छन् । उनीहरूसँग खास किसिमका जोक्स पनि छन् जो ती दिदीबहिनीले मात्रै बुझ्न सक्छन्,’ जुकरबर्गले लेखेका छन् ।
आफ्ना छोरीहरूलाई बलिया र आत्मविश्वासी बनाउने प्रण जुकरबर्गले गरेका छन् । यो जोडीको बिहे २०१२ मा भएको थियो । हार्वड विश्वविद्यालयमा पढ्दा भेट भएका उनीहरूले १० वर्षसम्म डेटिङ गरेका थिए
पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,
भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति
चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’