कपिलको शोमा फर्कने भए डा. गुलाटी

sunil_kapil

कपिल शर्मा र सुनिल ग्रोभरबीचको झगडाको प्रत्यक्ष असर सोनी च्यानलको ‘टीआरपी’मा परिरहेको देखिन्छ । सुनिलले शो छोडपछि कपिलले ‘द कपिल शर्मा शो’को तीन श्रृंखला प्रसारण गरेका थिए । यी श्रृंखलामा दर्शकहरु रुष्ट देखिए र च्यानलको टीआरपीमा नराम्रो प्रभाव पर्यो ।

 

तर, अब सुनिलका फ्यानका लागि खुशीको खबर आएको छ । आगामी दुई श्रृंखलापछि सुनिल ग्रोभर शोमा फर्कन सक्ने सोनी च्यानल बताएको छ । हिजोआज, सुनिल बिदा मनाइरहेका छन् । झगडा हुन अघिबाटै सुनिलले आफ्नो व्यक्तिगत शोका लागि बिदा मागेको बताइएको छ ।

त्यस्तै, सुनिलबिनै ४ वटा श्रृंखला सुट गरिने तय भइसकेको थियो । सुनिल बिदाका दिनहरुमा आफ्नो व्यक्तिगत शोहरुमा व्यस्त रहे । खबरलाई मान्ने हो भने, ७,८,११ र १२ एप्रिललाई शोको सुटिङ मिति तय गरिएको छ । यता कपिल पनि आफ्नो फिल्म ‘फिरंगी’मा व्यस्त थिए ।

यसै महिनाको अन्त्यबाट सुनिल पनि शोमा फर्कने छन् । तर, सुनलको पुनःआगमनका लागि सोनी च्यानलले केही महंगो मुल्य चुकाउँने बताइएको छ अर्थात् सुनिल आफ्नो पारिश्रमिक बढाएर मात्रै कपिलको शोमा फर्कने छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बिजुलीमा ५ प्रतिशत भ्याट लगाउने निर्णयको विरोध, लाखौँ उपभोक्ता प्रभावित हुने चिन्ता

 जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत

टिकटकको प्रतिबन्ध सबै इन्टरनेटमा खुल्यो

भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको