इन्जुरी समयमा इब्राहिमोविचले जोगाए म्यानचेस्टर युनाइटेडलाई

 

3EF1D50F00000578-4380108-image-a-60_1491339496394
चैत २३ – इंग्लिस प्रिमियर लिग अन्तर्गत मंगलबार राति भएको खेलमा जाल्टन इब्राहिमोविचले म्यानचेस्टर युनाइटेडलाई हारबाट जोगाएका छन् । लिग अन्तर्गत घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेड एभर्टनसँग १–१ को बराबरीमा रोकिएको हो । खेलको इन्जुरी समयसम्म १–० ले पछि परेको म्यानचेस्टर युनाइटेडलाई इब्राहिमोविचले गोल गर्दै हारबाट जोगाएका हुन् ।

२२ औं मिनेटमा फिल यागियेल्काले गोल गर्दै एभर्टनलाई अग्रता दिलाए । इन्जुरी समयको तेस्रो मिनेटमा एभर्टनका एस्ली विलियम्सले युनाइटेडका ल्युक शवले प्रहार गरेका बललाई लाइनबाट नियन्त्रण गर्ने प्रयास गरे र त्यसपछि उनले रातो कार्ड पाएर मैदानबाट बाहिरिए । ९४ औं मिनेटमा पाएको पेनाल्टीमा इब्राहिमोविचले युनाइटेडका लागि बराबरी गोल गर्दै हारबाट जोगाए । इब्राहिमोविचले यो सिजन युनाइटेडबाट सबै प्रतियोगितामा गरेर २७ गोल गरिसकेका छन् । जित निकाल्न नसके पनि युनाइटेडले आफ्नो अपराजित यात्रा २० पुर्‍याएको छ ।

युनाइटेड यो सिजन लिगका १२ खेलमा बराबरीमा रोकिएको छ । बराबरीपछि पाँचौं स्थानको युनाइटेडको २९ खेलबाट ५४ अंक भएको छ । उ चौथो स्थानको म्यानचेस्टर सिटी भन्दा चार अंकले पछि छ । सातौं स्थानको एभर्टनको ३१ खेलबाट ५१ अंक भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबिच भेट

वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री

नेपालको अदालतमा अभिलेख सङ्कट : अबको बाटो कता?

काठमाडौँ, भदौ २९।‘जेन–जी’ आन्दोलनका क्रममा उत्पन्न हिंसात्मक घटनाले नेपालका प्रमुख सरकारी संरचनासहित सर्वोच्च अदालत, विशेष

प्रधानमन्त्री ओली र चिनका अन्तर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्ष चेन बीच सहकार्यबारे छलफल

काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का

परराष्ट्रमन्त्री डा. आरजु राणाद्वारा जलवायु वित्त र दिगो कृषि प्रणालीमा अन्तर्राष्ट्रिय सहयोगको आग्रह

असार १७, काठमाडौं ।परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनबाट प्रभावित मुलुकहरूका लागि जलवायु वित्त

अन्तर्राष्ट्रिय वित्तीय प्रणालीको सुधारमा प्रधानमन्त्री ओलीको जोड

सेभिया (स्पेन), असार १६ – प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारको आवश्यकतामा विशेष