April 4, 2017

रेस्टुरेन्टमा सर्भिस चार्ज नलिन आदेश

download

चैत २२,नयाँ दिल्ली – भारतको दिल्ली सरकारले सोमबार होटल र रेस्टुराँलाई उपभोक्ताबाट सेवा शुल्क नलिन आदेश दिएको छ । सेवा करलाई स्वैच्छिक करको रूपमा राख्न सरकारले निर्देश दिएको छ ।

गत जनवरीमा उपभोक्ता मामिला मन्त्रालयले खानाको बिलमा सेवा शुल्क अनिवार्य नभएको स्पष्ट पारेको थियो । उपभोक्ताले आफू सन्तुष्ट भएर चाहेमा उक्त शुल्क दिन सक्ने बताएको थियो । सरकारको उक्त आदेशपछि पनि सहरका कैयौं रेस्टुराँ र होटलले उपभोक्ताबाट जबरजस्ती सेवा शुल्क उठाइरहेका थिए ।

सरकारका एक वरिष्ठ अधिकारीले भने, ‘आबकारी, मनोरञ्जन, लग्जरी कर विभागले सहरका होटल र रेस्टुराँलाई सबैले देख्ने ठाउँमा सेवा कर ऐच्छिक भएको सूचना राख्नुपर्ने छ । होटल रेस्टुराँको सेवाबाट सन्तुष्ट नभएमा उपभोक्ताले त्यस्तो कर दिनुपर्दैन ।’ यो नियम पालना नगर्ने होटल र रेस्टुराँलाई कारबाही गरिने उनले स्पष्ट पारे । कतैबाट यो नियम उल्लंघन गरिए उजुरी गर्न उपभोक्तालाई आग्रह गरिएको छ ।

सरकारले नयाँ वर्षको सुरुवातसँगै होटल वा रेस्टुराँमा गएका बेला त्यहाँको सेवाबाट सन्तुष्ट नभएमा पैसा तिर्ने बेला सेवा शुल्क नदिन भनेको थियो । होटल संघले उपभोक्ताले सेवा शुल्क नदिए पनि हुने बताएको  छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद