रोमानियाकी मोडल लुलिया वन्तुर र नायक सलमान खानको प्रेम खबर मिडियाका लागि मसला बनिरहेको छ । लुलिया र सलमान डेटिङमा रमाउन थालेको केहि समय भयो । तर, केहि महिना अगाडि मात्र लुलिया र सलमानको व्रेकअप भएको खबर सार्वजनिक भएको थियो ।
लुलिया रोमानिया फर्किएपछि उनको सम्बन्ध सलमानसँग टुटेको चर्चा चलेको थियो । तर, पछिल्ला केहि तस्बिरलाई हेर्ने हो भने सलमान र लुलिया फेरि एक भैसकेका छन् ।
सलमान र लुलिया आइतबार बेलुकी माल्दिभ्सबाट बिदा मनाएर मुम्बई फर्किए । विमानस्थलमा यी दुइलाई मिडियाले कैद गरेको छ । सलमानका परिवारका एक सदस्य आयुष शर्माले इन्स्ट्राग्राममा शेयर गरेको तस्बिरमा पनि लुलिया देखिएकी छिन् । उनले, ‘हामी परिवार, सबै एक ठाउँमा’ भनेर लेख्दै तस्बिर शेयर गरेका छन् ।
सलमानका भान्जा अहिलको पहिलो जन्मदिन मनाउन उनको सिंगै परिवार माल्दिभ्स पुगेको थियो । सलमानको परिवारको साथमा लुलिया हुनु पनि यी दुइको व्रेकअप भएको छैन भन्ने पुष्टी गर्ने मुख्य आधार हो ।
२५ फागुन, मुम्बई । अभिनेता एवं लेखक/निर्देशक सतिश कौशिकको ६६ वर्षको उमेरमा निधन बुधबार मुम्बईमा
२३ फागुन ,मुम्बई । अभिनेता अमिताभ बच्चन हैदराबादमा फिल्म ‘प्रोजेक्ट के’ को एक एक्सन दृश्य
१५ फागुन,काठमाडौं । नायक पल शाह एक वर्षपछि जेल मुक्त भएका छन । गत फागुन
४ फागुन नयाँदिल्ली । शाहरुख खान र दीपिका पादूकोण अभिनित चलचित्र ‘पठान’ले भारतमा ५ सय
१८ माघ, काठमाडौं । गायक तुलसी सिवाकोटीको नयाँ गीत ‘बसौन तिमी र म’ सार्वजनिक भएको छ
५ माघ , काठमाडौं । सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा राजधानीको सभागृहमा समुदघाटन