किशोरीमाथिको यौन उत्पीडन फेसबुकमा लाइभ !

Chiicago-Police-768x422अमेरिकी शहर शिकागोमा १४ बर्षीय किशोरलाई आफुभन्दा एक वर्ष जेठी किशोरीमाथि यौन उत्पीडन गरेको आरोपमा गिरफ्तार गरिएको छ । सो ‘उत्पीडन’ को फेसबुकमा लाइभ स्ट्रिमिङ भएको थियो ।

नाबालिक भएको कारणले प्रहरीले आरोपीको नाम सार्वजनिक गरेको छैन । तर उनीमाथि अपराधिक मामलाका साथै चाइल्ड पोर्नोग्राफीको प्रसारसम्वन्धी मुद्दा दायर गरिएको छ ।

यो घटना अघिल्लो महिनाको हो । किशोरीमाथि ५-६ व्यक्तिहरुले उत्पीडन गरेको बताइएको छ । करिब ४० व्यक्तिहरुले त्यसलाई लाइभ हेरेका थिए, तर कसैले पनि प्रहरीमा उजुरी गरेनन् । एक किशोरले पीडितका एक आफन्तलाई उक्त घटनाबारे सुनाएका थिए ।

पीडित किशोरी आफ्नो परिवारसँग १९ मार्चमा चर्च गएकी थिइन् । फर्किने क्रममा उनी आफ्नो घर नजिकैबाट बेपत्ता भइन् । २१ मार्चमा उनी घर फर्किइन् तर त्यतिबेलासम्म उनको उत्पीडनको भिडियो फेसबुकमा आइसकेको थियो ।

छोरी घर फर्केपछि संभावित खतरा र छरछिमेकीहरुको सोधखोजबाट दिक्क भएर परिवारले आफ्नो निवास बदलेको छ । शिकागो प्रहरीले यो घटनामा संलग्न अरु व्यक्तिहरु पनि समातिने विश्वास व्यक्त गरेको छ ।

यस विषयमा फेसबुकका प्रवक्ताले भने, ‘यो जघन्य अपराध हो । हामी यस्तो प्रकारको विषयवस्तुलार्इ प्रशारण अनुमति दिन सक्दैनौं । फेसबुकमा मानिसहरुको गोपनियता काम राख्नु हाम्रो जिम्मेवारी हो । यौन उत्पीडनका सबै भिडियो तथा हिंसालाई बढावा दिने खालका सबै भिडियोहरुलाई हटाउनेछौं ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि