काठमाडौं – कलिउड चलचित्र नगरी अहिले सांगीतिक कारणले तातेको छ । केही चलचित्रका केही गीत यति बेला रेकर्ड माथि रेकर्ड बनाउने दौडमा छन् । ती गीतले डिजिटल प्लेटर्फमा राम्रो आम्दानी त गरेको छ नै । गीतका कारणले चलचित्रका निर्मातालाई पनि लाखै नगद र चर्चा दुबै दिलाएको छ ।
पहिलो
यौ दौडको सबै भन्दा अगाडि रहेको छ चलचित्र ‘वडा नं ६’को ‘सुर्के थैली’ बोलको गीत । गतबर्ष प्रदर्शनमा आएको यो चलचित्रको यो गीतले डिजिटल प्लेटफमका अहिलेसम्मको सबै रेकर्ड तोकेको देखिएको छ ।
बुढासुब्बा म्युजिकले आफ्नो यु ट्युव मार्फत सार्वजनिक गरेको यो गीत समाचार तयार पार्दासम्म करिब १ करोड ५८ लाख पटक देखिएका छन् ।
थुप्रै राम्रा नराम्रा प्रतिक्रिया पाएको यो गीतलाई तिस हजार आठ सयले लाइक दिएका छन् भने करिब चार हजार पाँच सयले डिस्लाइक दिएका छन् ।
राजनराज शिवाकोटीको संगीत र अञ्जु पन्त, राजनराज शिवाकोटी र राजु विश्वकर्माको स्वर रहेको गीतमा दीपकराज गिरी, दयाहाङ राई, प्रियंका कार्की, जीतु नेपाल, केदार घिमिरे, सिताराम कट्टेल, विल्सन विक्रम राई, सन्दिप क्षेत्री लगायतका कलाकारको अभिनय रहेको छ ।
दोस्रो
महिला निर्देशक दीपाश्री निरौलाद्वारा निर्देशित चलचित्र ‘छक्का पञ्जा’को ‘पूर्व पश्चिम रेल…’ गीत दौडको दोस्रो स्थानमा रहेको छ । राजनराज शिवाकोटी र अञ्जु पन्तको स्वर रहेको यो गीतमा संगीत राजनराज सिवाकोटीले नै दिएका छन् ।
हाइलाइट म्युजिकले यु ट्युवमा ल्याएको गीत अहिलेसम्म १ करोड १२ बढी पटक हेरिएको छ । मिश्रीत प्रतिक्रिया पाएको यो गीतले करिब २८ हजार ६ सय लाइक र ३ हजार ४ सय डिस्सलाइक पाएको छ ।
दीपकराज गिरी, प्रियंका कार्की, जितु नेपाल, केदार घिमिरे, नम्रता सापकोटा, वर्षा राउत लगायतका कलाकारको अभिनय रहेको छ । भदौ २४ गते प्रदर्शन हुने यो चलचित्रमा दीपकराज गिरी, दिपाश्री निरौला, जीतु नेपाल, निर्मल शर्मासहितका कलाकारले लगानी गरेका छन् ।
तेस्रो
निश्चल बस्नेत निर्देशित चलचित्र ‘लुट–२’को आइटम गीत ‘ठमेल बजार’ यो दौडको तेस्रो स्थानमा रहेको छ । हाइलाइट म्युजिकले यु ट्युवमा ल्याएको यो गीत करिब ९६ लाख भन्दा बढिले हेरेका छन् ।
काली प्रसाद बास्कोटाको संगीत रहेको उक्त गीतमा कालीप्रसाद बास्कोटा, मीना निरौला र भानुभक्त ढकालको स्वर रहेको छ ।
मिश्रित प्रतिक्रिया पाएको करिब ४१ हजार २सय बढि लाइक र २ हजार २ डिस्सलाइक पाएको छ । गीतमा अलिसा राइले आइटम नृत्य गरेकी छन् ।
सौगात मल्ल, दयाहाङ राई, कर्मा शाक्य, ऋचा शर्मा, विपिन कार्कीलगायतका कलाकार समेत गीतमा देखिएका छन् ।
‘लुट–२’ को आइटम गीत अक्टोबर २१ तारिखमा युट्युबमा अपलोड गरिएको हो ।
२३ फागुन ,मुम्बई । अभिनेता अमिताभ बच्चन हैदराबादमा फिल्म ‘प्रोजेक्ट के’ को एक एक्सन दृश्य
१५ फागुन,काठमाडौं । नायक पल शाह एक वर्षपछि जेल मुक्त भएका छन । गत फागुन
४ फागुन नयाँदिल्ली । शाहरुख खान र दीपिका पादूकोण अभिनित चलचित्र ‘पठान’ले भारतमा ५ सय
१८ माघ, काठमाडौं । गायक तुलसी सिवाकोटीको नयाँ गीत ‘बसौन तिमी र म’ सार्वजनिक भएको छ
५ माघ , काठमाडौं । सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा राजधानीको सभागृहमा समुदघाटन
२२ पुस,काठमाडौं । अनुराधा फिल्म्स इन्टरनेस्नल प्रालिको आयोजनामा दोस्रो नेपाल ब्युटिसियन एण्ड फेसन अवार्ड-२०७९ माघ