बलिउडमा केहि कुराहरु यस्ता छन्, जसलाई आट्न कमैले मात्र सक्छन् । त्यही असंभव कुरालाई संभव मनाउन माहिर छन्, निर्देशक तथा निर्माता करण जोहर ।
करण जोहरले बलिउडका चर्चित कलाकारका छोरा छोरीलाई फिल्म नगरिमा भित्राइरहेका छन् । अब, उनै करणले बलिउडका दुई चर्चित नायकलाई एकसाथ पर्दामा ल्याउने तयारी गरेका छन् ।
एक चर्चित वेवसाइटका अनुसार, करणको सबैभन्दा प्रिय मानिएका नायक साहरुख खान र यूवापुस्ताका चर्चित नायक रणवीर कपुरलाई उनले एकसाथ पर्दामा ल्याउन लागेका हुन् ।
करणको निर्देशनमा बनेका चर्चित चलचित्रमा साहरुख खानले अभिनय गरेका छन् । दुइको केमेष्ट्री बलिउडमा सबैभन्दा धेरै चर्चाको बिषयमा रहन्छ । यस्तै, हालैमात्र ‘ए जवानी हे दिवानी’मा करण र रणवीरले काम गरेका थिए । आफ्ना दुई मनपर्ने सुपरस्टारलाई करणले एकसाथ पर्दामा ल्याउन लागेका हुन् । लभ स्टोरी जनराको कथालाई करण आफै निर्देशन गर्नेछन् ।
करणको यो लभ स्टोरीमा साहरुख र रणवीर एकसाथ देखिए भने, त्यसले पक्कै हंगामा मच्चाउनेछ ।
जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत
भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै
पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो
काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको