यो वर्ष २४ वर्ष यताकै उच्च आर्थिक वृद्धि हुने

लोडसेडिङ घट्दा उत्पादकत्व बढ्यो’timthumb (1)

एसियाली विकास बैंक(एडिबी)ले चालु आर्थिक वर्षको आर्थिक बृद्धिदर ५.२ देखि ६.२ प्रतिशतको बीचमा हुने प्रक्षेपन गरेको छ। भरपर्दो मानिने एडिबीको प्रक्षेपन सही सावित भएमा यो विस २०५० सालपछिको सबैभन्दा बढी र लिखित इतिहासकै दोस्रो ठुलो आँकडा हुने छ। 
 
एडिबीले आव २०७३÷७४ मा कुल गार्हस्थ्य उत्पादन, जिडिपी वृद्धि आधार मूल्यमा त्यति हुने अनुमान गरेको हो । मुद्रास्फीति सरकारी लक्ष्यभन्दा कम ६.० प्रतिशतदेखि ६.५ प्रतिशतको बिचमा रहने अनुमान पनि बैंकले गरेको छ । 
 
विप्रेषण आम्दानीमा कमीआएका कारण सेवा क्षेत्र खुम्चिएको भए पनि कृषि उत्पादनमा भएको अधिक वृद्धि, आव २०७३÷७४ का पछिल्ला दुई त्रैमासमा भूकम्पपछिको पुनःनिर्माणले लिएको गतिबाट सिर्जित सम्भावना र लगानीको वातावरणमा आएको सुधारले अघिल्लो पटक आँकलन गरिएभन्दा आशालाग्दो आर्थिक परिदृश्य सुनिश्चित भएको बैंकले जनाएको छ । 
लोडसेडिङ घट्दा उत्पादकत्व बढ्यो 
एडिबीले उर्जा आपूर्तिको कुशल व्यवस्थापनको कारण भार व्यवस्थापन हुँदा देशभित्रको औद्योगिक उत्पादन बढेको जनाएको छ। अघिल्ला वर्षहरुमा विद्युत पर्याप्त आपूर्ति नहुँदा उद्योग धन्दाहरुको उत्पादन लागत बढेको र साना व्यवसायीहरुले अन्य क्षेत्रमा लागनी गर्न नसकेको बैंकको ठहर छ। 
 
तर चालु वर्ष औद्योगिक क्षेत्रमा विद्युत आपूर्ति हुँदा उनीहरुको लागत घटेकोमात्र होइन उत्पादकत्व पनि बढेको जनाएको छ। पहिले व्यवसायीहरुले डिजेलबाट जेनेरेटर  चलाएर उत्पादन गर्नुपर्दा त्यस्ता उद्योगहरु पूर्ण क्षमतामा नचल्दा उत्पानमा ह्रास आएको तर यो वर्ष क्षमता बढेको बैंककले जनाएको छ। 
 
रेमिट्यान्समा कमी आएपनि मौसमी अनुकुलताको कारण कृषी क्षेत्रको उत्पादकत्व बढ्दा आर्थिक बृद्धिदरमा उल्लेख्य प्रभाव पारेको ठहर गरेको बैंकले औद्योगिक उत्पादन पनि बढेको उर्जा आपूर्ति अझै सहज हुँदै गए भविष्यमा धेरै सुधार हुने बैंकको प्रक्षेपन छ। 
अघिल्लो वर्षको यही समयमा अधिकांस उद्योगहरु ५० प्रतिशत क्षमतामा मात्र चलेपनि यो वर्ष बढेर ८० प्रतिशत पुगेको बैंककको ठहर छ। विशेषगरी सिमेन्ट, स्टिल, फलामजन्य औद्योगिक वस्तुको उत्पादन उल्लेख्यरुपमा बढ्ने बैंककको ठहर छ। 
 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबिच भेट

वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री

नेपाल विद्युत प्राधिकरणद्धारा २४ वटा सौर्य आयोजनको पीपीए स्वीकृत

काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद

सरकारका नीतिप्रति दातृ निकायहरूको समर्थन व्यक्त

काठमाडौं, असोज १० (शुक्रबार)। अर्थ मन्त्रालयमा आज स्थानीय दातृ निकाय र अन्तर्राष्ट्रिय साझेदार निकायका प्रमुखहरूसँग

नेपालमा लगानी गर्न कुनै अवरोध छैन : प्रधानमन्त्री ओली

काठमाडौँ, भदौ ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी तथा उद्यम गर्न कुनै अवरोध

राष्ट्र बैंकद्वारा लचिलो मौद्रिक नीति सार्वजनिक, कर्जाको सीमा वृद्धि [पूर्ण पाठसहित]

काठमाडौँ, असार २७ — नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लचिलो र

बजेट आर्थिक सुधारको अन्तिम किस्ता होइन : अर्थमन्त्री पौडेल

  काठमाडौँ, जेठ २७ – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले ल्याएको बजेट आर्थिक सुधारको