शैक्षिक ऋण लिनु अघि यी कुरा बुझिराख्नुस्

Education-Loan-3-58d9d340b07bd7.93575797काठमाडौं: रकमको अभावमा धेरै विद्यार्थीले उच्च शिक्षाको धोको पूरा गर्न नपाएको समाचार थुप्रै पटक सार्वजनिक भएका छन् । कतिपय विद्यार्थी अध्ययन गर्ने क्षमता भएर पनि रकमको अभावमा यस अवसरबाट वञ्चित भएका छन् भने कतिपय विद्यार्थी तथा अभिभावकले बैंकबाट ऋण लिएर पनि उच्च शिक्षा अध्ययन गर्न सकिन्छ भन्ने विषयमा जानकारी लिन नसक्दा समस्यामा परेका छन् ।

सही सूचना हुने हो भने र व्यवस्थापन गर्न जान्ने हो भने बैंकबाट ऋण लिएर उच्च शिक्षा पूरा गरेका विद्यार्थीले नाम र दाम दुवै कमाउन सक्छन्, तर ऋण लिने नाममा रकममात्र लिन खोज्दा भविष्यमा ठूलो समस्या पनि आउन सक्छ । उच्च शिक्षा अध्ययनका लागि ऋण लिने तरिका र त्यसको सही सदुपयोगबारे सामान्य जानकारी यहाँ प्रस्तुत गरिएको छ ।

१. आफूले पढ्ने विषयको अध्ययन

यदि तपाईं उच्च शिक्षा अध्ययनका लागि विदेश जाँदै हुनुहुन्छ वा स्वदेशमै उच्च शिक्षा अध्ययनका लागि बैंकबाट ऋण लिने योजनामा हुनुहुन्छ भने आफूले पढ्ने विषयबारे राम्ररी अध्ययन गर्नुहोस् । उच्च शिक्षा अध्ययन गर्दैमा सहज रूपमा ऋण पाइन्छ र अध्ययनको समाप्तिपछि सहजै तिर्न सकिन्छ भन्ने भ्रममा नपर्नुहोस् । आफूले पढ्न लागेको विषयप्रति सम्बन्धित विद्यार्थी भित्री रूपमा इच्छुुुुक हुनुपर्छ ।

अरू कसैको लहलहैमा लागेर यो विषय पढ्नु, त्यो विषय पढ्दिनँ भन्नेतर्फ लागियो भने अध्ययनका समयमा समस्या आउन सक्छ । उदाहरणका लागि कुुुुनै विद्यार्थीको इच्छा व्यवस्थापन वा कानुन विषय पढ्ने रहेको छ, तर सहज रूपमा ऋण पाउनका लागि इन्जिनियरिङ विषय पढ्नुपर्ने नियम रहेछ भने अध्ययन सकेपछि विद्यार्थीमा समस्या आउन सक्छ वा उसले सोचेअनुसार अध्ययनमा सफलता हासिल गर्न सक्दैन ।

२.पढ्ने संस्थाबारे जानकारी

विद्यार्थीले पढ्ने विषयबारे स्पष्ट भएर निर्णय गरिसकेपछि आफूले अध्ययन गर्न चाहेको संस्थाबारे अध्ययन गर्नुपर्छ । कुुुुनै विश्वविद्यालय अध्ययनका लागि राम्रो होला तर अध्ययनपछि विद्यार्थीलाई जब प्लेसमेन्टका लागि कमजोर हुन सक्छ । अथवा कुुुुनै विश्वविद्यालय वा कलेज अध्ययनका लागि विद्यार्थीको रोजाइमा मध्यमस्तरको रहे पनि अध्ययनपछि जब प्लेसमेन्टका लागि प्रख्यात रहन पनि सक्छ । यस्तो अवस्थामा विद्यार्थीले दुवै पक्षबाट उपयुुुुक्त हुने संस्था छनोट गर्नुपर्छ । त्यतिमात्र होइन, अध्ययनको क्रममा विद्यार्थीलाई उचित परामर्श दिने, अध्ययनपछि रोजगारीमा कसरी लाग्ने भन्ने तरिकाबारे पनि जानकारी गराउने संस्था भएमा विद्यार्थीलाई फाइदा हुन्छ । अध्ययन गर्ने संस्थाबारे राम्रो जानकारी हासिल गरिसकेपछि अध्ययनका लागि आफैं अप्लाई गर्ने कि परामर्श दातृ संस्थाको सहयोगमा प्रक्रिया अघि बढाउने भन्नेमा पनि ध्यान दिनुपर्छ ।

३.ऋण लिने बैंकको छनोट

उच्च शिक्षा अध्ययनका लागि विद्यार्थीलाई थुप्रै बैंकहरूले ऋण प्रवाह गरिरहेका हुन्छन् । बैंकअनुसार थोरै रकम हो भने कुुुुनै सामग्री धरौटी नराख ऋणी पाइन्छ भने ठूलो रकम ऋण लिनका लागि धरौटी पनि ठूलै राख्नुपर्ने हुन्छ । साथै विद्यार्थीले पढ्ने चाहेको विषयलाई हेरेर पनि बैंकहरूले ऋण दिने कि नदिने भन्ने निक्र्योल गर्ने गर्छन् । विद्यार्थीले आफूले ऋण लिने रकमबारे निर्णय गरिसकेपछि उक्त रकमका लागि मासिक ब्याजदर, मासिक रूपमा तिर्नुपर्ने रकम तथा रकम फिर्ता गर्नुपर्ने अवधि, तोकिएको मितिमा रकम तिर्न सकिएन भने लागने जरिवाना आदिका विषयमा पनि विद्यार्थीले ऋण लिनुअघि नै स्पष्ट हुनुपर्छ ।

४.ऋण फिर्ताबारे योजना बनाउनुहोस्

बैंकबाट ऋण लिइसकेपछि उक्त ऋणलाई कति वर्ष वा महिनाभित्रमा फिर्ता गरिसक्ने र त्यसको व्यवस्थापन कसरी गर्ने भन्ने विषय निकै महत्वपूर्ण हुन्छ । ऋण लिएपछि त्यसलाई जसरी पनि तिर्नुपर्छ । त्यसैले विद्यार्थीले कमाउन थालेको कति वर्षपछि तिर्न सुुुुरु गर्ने हो भन्ने योजना पहिले नै बनाउनुपर्छ । सही व्यवस्थापन गर्न सकियो भने ऋणलाई हलुका रूपमा लिन सकिन्छ, अन्यथा यो ठूलो बोझ बन्न सक्छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए