March 28, 2017

अब केले बाँध्ला बेलायत र अमेरिकालाई ?

जोन लिलोइड –  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘अमेरिका पहिले’ घोषणा गरिरहँदा र बेलायत देशभक्तिपूर्ण गीत ‘रुल ब्रिटानिया’का शब्दमा गुञ्जायमान भइरहँदा एउटा प्रश्न उब्जन थालेको छ– दुवै देशले आफैँभित्र पछाडि हट्ने निर्णय गरेको स्थितिमा के यी दुवै देशबीच विशेष सम्बन्ध अझै पनि टिक्न सक्छ ?

दुवै देशमा लोकप्रियतावादीहरूको राजनीतिक समूहको अचानक दबदबापछि वैश्विक भूमिकाको पुनस्र्थापनाको प्रयास भइरहेको छ । उनीहरू पहिले प्रभावशाली रहेका राजनीतिक तथा बौद्धिक समूह, जो उदार तथा वैश्विकवादी छन्, सँग दीर्घ लडाइँमा रहने स्थिति देखिएको छ । जोन लिलोइडको लेख आजको नयाँ पत्रिकामा छापिएको छ ।

यो गतिशीलताका कारण बेलायत र अमेरिका एउटा उत्तम कारणले विशेष सम्बन्धमा रहिरहनुपर्ने बाध्यतामा छन् । यी दुवैलाई एक–अर्काको आवश्यकता छ ।

बेलायतको आवश्यकता प्रकट छ । युरोपेली युनियन (इयू) सँग छुट्टिने क्रमसँगै बेलायतले व्यापार साझेदारका रूपमा उसले एकल बजार (इयू) को त्यो विशेष सुविधा पाउनेछैन । एक स्तम्भकारले प्रस्ताव गरेका थिए, बेलायतले घुसका रूपमा ठूलो जरिवाना तिर्यो भने उसको सदस्यता जारी हुन सक्छ । त्यसो भयो भने मात्र हो ।

त्यसैले बेलायतले विकल्प खोज्नुपर्छ । विकल्पमा अमेरिका सबैभन्दा उत्तम हो । ट्रम्पको टिमले बेलायतलाई व्यपार सम्झौतामा ठूलो सहुलियत दिने आश्वासन दिइसकेको छ, जुन ठूलो राहत हो ।

नयाँ अमेरिकी प्रशासनलाई पनि बेलायत चाहिन्छ, यद्यपि ट्रम्पले कति आवश्यक पर्छ भन्ने महसुस नगरून् । बेलायत अमेरिका र बाँकी विश्वका लागि एक किसिमले मध्यस्तता मात्र हो भनेर बेलायतको उपेक्षा गरिएको थियो । १९६२ मा अमेरिकी विदेशमन्त्रीले एउटा भाषण दिएका थिए, जसमा उनको तर्क थियो, ‘बेलायतले साम्राज्य गुमाइसकेको छ र अझै कुनै भूमिका पाएको छैन । ऊ अमेरिका र रुसबीच दलाल बन्ने प्रयास गरिरहेको छ । उसले उसको सैन्य क्षमताजस्तै कमजोर नीति अवलम्बन गर्ने देखिन्छ ।’ तर, त्यो अर्कै समय थियो ।

ट्रम्प नेटो, इयू, संयुक्त राष्ट्रसंघजस्ता थुप्रै संस्थालाई गाली गर्दै सत्तामा आएका छन् । ती कमसेकम शत्रुतापूर्ण नहोऊन् भन्नका लागि पनि उनका लागि र अमेरिकाका लागि ती संस्था चाहिन्छन् ।

बेलायती अधिकारीहरू अझै पनि यी संस्थामा विषयवस्तु अघि बढाइरहेका छन् । यसै साता सोमालियाको युद्ध, दक्षिण सुडानको भोकमरीको विषय तथा महिला सशक्तीकरण विषयबारे छलफल गर्न आयोजित संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को बैठकको अध्यक्षता गर्न बेलायती विदेशमन्त्री बोरिस जोन्सन न्युयोर्क पुगे ।

राष्ट्रसंघको हस्तक्षेप र मिसनको प्रभावकारिताबारे ट्रम्पको आशंका उचित नै छ । राष्ट्रसंघको प्रयोजनमाथि उठिरहेको प्रश्न तथा अमेरिकाद्वारा स्रोतमाथि कटौती गर्ने चेतावनीपछि उसले आवश्यक सुधारका लागि ध्यान केन्द्रित गर्न सक्छ । अमेरिका राष्ट्रसंघको २२ प्रतिशत बजेट र शान्तिसेनाको ३० प्रतिशत खर्च व्यहोर्छ । यसका सदस्य सुधारका एजेन्डामा सहमत भए भने त्यो कार्यान्वयन गर्न बेलायतको सहयोग आवश्यक पर्नेछ । ट्रम्पले यसमा बेलायतको मानवीय तथा उदार भूमिकाको सदुपयोग गर्न सक्छन् ।

अमेरिकी राष्ट्रपतिसँग निकट भएकोमा तथा केही छानिएका मुस्लिम–बाहुल्य राज्यमाथि यातायात प्रतिबन्धको निन्दा नगरेकामा बेलायती प्रधानमन्त्रीको आलोचना भइरहेको छ, जसमा उनकै केही सांसद पनि छन् । तर, आलोचक भएर भन्दा उनी ज्यादा गर्न सक्छिन् । नयाँ सोचाइ तथा सूक्ष्म मूल्यांकन चाहिने विषयमा ट्रम्पको विद्रोहीपनामा ध्यान दिए दुवै देशको प्रोफाइलमा मात्र सहयोग पुग्नेछैन, विश्व प्रणाली सञ्चालन गर्न पनि मद्दत मिल्नेछ ।

.

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जोर्डन आक्रमणपछि अमेरिका–इरान आमनेसामने, होर्मुज क्षेत्र थप तनावग्रस्त

दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको

राहदानी विभागअगाडि आत्मदाह प्रयास : राइडर्स युनियनद्वारा छानबिन, उपचार र प्लेटफर्म श्रमिकको सुरक्षा सुनिश्चित गर्न माग

काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि

दुर्गा पन्तको स्वर्णसँगै विश्व योग च्याम्पियनसिपमा नेपालको ऐतिहासिक उपलब्धि

अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा

ईयू आबद्ध देशका राजदूतहरूसँग प्रधानमन्त्रीको सामूहिक भेट

काठमाडौं  जेठ १२, । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि युरोपेली संघ (ईयू) मा आबद्ध

अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु ; ११ जना घाइते

क्यानबेरा (अस्ट्रेलिया) १६वैशाख (रासस/एएनआई) : दक्षिण अस्ट्रेलियाको एडिलेडको पाराफिल्ड एयरपोर्टमा अवतरण गर्ने क्रममा विमान दुर्घटना

मे दिवसको सन्दर्भमा  जिफन्टको  घोषणा: “अबको श्रमिक आन्दोलन नयाँ ढंगले अगाडि बढाउँँछाै”

बैशाख १५, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)