वासिङटन, १४ चैत
– रसियालीसँगको सम्बन्धका कारण डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपति पदबाट हट्न सक्ने संभावना बढेको छ । अमेरिकाको नेशनल सेक्युरिटी एजेन्सीका नुसार ट्रम्पविरुद्ध ‘रसियालीलाई समर्थन गरेको’ भन्ने मुद्दा चलेकाले उनी राष्ट्रपति पदबाट हट्ने संभावना बढेको हो ।
अमेरिकी राष्ट्रपति निर्वाचनको समयमा ट्रम्प रसियासँग मिलेको भन्ने आरोप लागेको छ । नेशनल सेक्युरिटी एजेन्सीका प्रमुख जोन शिडंलरका अनुसार ट्रम्पको यस गतिविधीमा अनुसन्धान जारी रहेको छ ।
उक्त मुद्दाको सामना राष्ट्रपति ट्रम्पका सहयोगीहरूले मात्रै नभई उनले आफैँ गर्नुपर्ने छ । जसले उनलाई सडकमा ल्याउन सक्ने नेशनल सेक्युरिटी एजेन्सीका प्रमुख शिडंलरले बताए ।
ट्रम्पले आफ्नो चुनावी प्रचार प्रसारका क्रममा संलग्न समूहहरू र त्यस समयमा रुससँगको सम्बन्धबारे लुकाउन चाहेको तथ्यको अनुसन्धान सुरु भइसकेको छ ।
चुनावी प्रचार प्रसारको क्रममा ट्रम्पको म्यानेजरका रुपमा काम गरेका पर्ल म्यानपोर्ट यस मुद्धाका प्रमुख आरोपी हुन् । उनी यस भन्दा पहिले नै रसियाली राष्ट्रपतिसँग संलग्न भएर काम गरिसकेका समेत खुलेको छ ।
नेशनल सेक्युरिटी एजेन्सी र अमेरिकी गुप्तचर निकायले उनीसँग केन्द्रित भएर अनुसन्धान गरेको छ । ट्रम्प प्रशासन भने उनको बचाउका लागि लागिपरेको तथ्य सार्वजनिक भएको छ ।
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री
१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।
काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार
काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि
२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि