बाबुरामको प्रश्नः महाकाली बेच्ने तिमी भुइँफुट्टाहरु कसरी राष्ट्रवादी भयौ ?

 baburam-bhattarai

धनगढी, १३ चैत । नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले महाकाली बेच्नेहरु राष्ट्रवादी हुन नसक्ने बताएका छन् । नयाँ शक्ति पार्टीको हिमाल–पहाड–तराई मधेस अभियानको अन्तिम दिन कैलालीको धनगढीमा आइतबार आयोजित कार्यक्रममा बोल्दै भट्टराईले एमाले नेताहरुप्रति लक्षित गर्दै भुइँफुट्टा नेताको संज्ञा दिए । उनले को राष्ट्रवादी हुन् भन्ने जाँच्न डीएनए टेष्ट गर्न समेत आग्रह गरे ।

‘तिमी महाकाली बेच्ने भुँइँफुट्टाहरु राष्ट्रवादी भयौं’, भट्टराईले भने, ‘तिमी राष्ट्रवादी हौ कि हामी राष्ट्रवादी भन्ने डिएनए टेष्ट गरौं ।’ भट्टराईले आफू गोर्खाको लिगलिगमा राजा बनाउनेहरुको सन्तान भएको उल्लेख गर्दै पुर्खाको इतिहासलाई भुल्न नसक्ने समेत बताए ।

उनले हिमाल पहाड र तराईका बासिन्दालाई विभाजित गर्ने षड्यन्त्र भइरहेको भन्दै त्यसका विरुद्ध एकतावद्ध हुनुपर्नेमा पनि जोड दिए ।नेपालमा दुई कोणबाट विखण्डनको विउ रोपिएको भट्टराईको आरोप छ । जातीय रुपमा एउटा जातीको प्रयोग गरेर शासन सत्ता चलाउन खोज्नेहरु र नेपाललाई टुक्र्याएर अलग देश बनाउनुपर्छ भन्ने विखण्डनकारीहरु रहेको उनले बताए ।

खास आर्य र थारु मधेसी समुदाय नेपालमा कसरी आएका थिए भन्ने उदाहरण प्रस्तुत गर्दै भट्टराईले थारु समुदाय अफ्रिकाबाट आएर एक ठाउँमा मात्रै बसेकाले लाटो भएको तर खस आर्यहरु विभिन्न ठाउँमा घुमेर हण्डर ठक्कर आएर बाटो भएको तर्क गरे ।

सामाजिक सञ्जालमा गाली गर्ने पनि खस समुदाय

उनले सामाजिक सञ्जालहरुमा आफूलाई गाली गर्ने ९० प्रतिशत खस समुदाय नै भएको दाबी गरे । आफूले साँचो कुरा गर्दा मधेसी, थारुहरुलाई बोक्यो भनेर खस समुदायले नै आफ्नो आलोचना गर्ने गरेको भट्टराईले गुनासो गरे ।

भट्टराईले अहिले भएको सीमांकनले सबै समुदायलाई नसमेटेको भन्दै क्लष्टरका आधार सीमांकन गरिनुपर्नेमा जोड दिए ।अहिलेको प्रस्तावित सात नम्बर प्रदेश कार्यान्वयनमा नआएको उल्लेख गर्दै भट्टराईले खसआर्य तथा तराईका रानाथारु र डगौरा थारु गरी दुई थरी समुदाय मनोविज्ञान रहेको उल्लेख गरे । दुई समुदाय मध्ये एउटा समुदायका जनतालाई हात लिएर (किनेर) भ्रष्टाचार गर्ने पुरानो सोंच अहिले पनि रहेको भन्दै सचेत हुन भट्टराईले आग्रह गरे ।

एउटा समुदायका जनतालाई किनेर सीमित फाइदा भए पनि दीर्घकािलन फाइदा नहुने उनले दाबी गरे । ‘चुनावी स्वार्थको निम्ति एउटा जातीलाई समातेर अरु जातीमाथि शासन गर्ने काम केही पार्टीहरुले गरेका छन्’, भट्टराईले भने, ‘तर त्यो क्षणिक फाइदा मात्रै हुन्छ ।’

खस आर्य, आदिवासी जनजाति र थारु मधेसी तीनै जातीलाई मिलाएर क्लष्टरका आधारमा अघि बढ्नुपर्नेमा भट्टराईले जोड दिए । नेपाल एउटा इन्द्रेणी राष्ट्रियता रहेको भट्टराईको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

भदौ २३–२४ को घटनाबारे गहिरो अनुसन्धान आवश्यक, विदेशी जासुसी संलग्नताको आशंका :रविन्द्र मिश्र

काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज