बाबुरामको प्रश्नः महाकाली बेच्ने तिमी भुइँफुट्टाहरु कसरी राष्ट्रवादी भयौ ?

 baburam-bhattarai

धनगढी, १३ चैत । नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले महाकाली बेच्नेहरु राष्ट्रवादी हुन नसक्ने बताएका छन् । नयाँ शक्ति पार्टीको हिमाल–पहाड–तराई मधेस अभियानको अन्तिम दिन कैलालीको धनगढीमा आइतबार आयोजित कार्यक्रममा बोल्दै भट्टराईले एमाले नेताहरुप्रति लक्षित गर्दै भुइँफुट्टा नेताको संज्ञा दिए । उनले को राष्ट्रवादी हुन् भन्ने जाँच्न डीएनए टेष्ट गर्न समेत आग्रह गरे ।

‘तिमी महाकाली बेच्ने भुँइँफुट्टाहरु राष्ट्रवादी भयौं’, भट्टराईले भने, ‘तिमी राष्ट्रवादी हौ कि हामी राष्ट्रवादी भन्ने डिएनए टेष्ट गरौं ।’ भट्टराईले आफू गोर्खाको लिगलिगमा राजा बनाउनेहरुको सन्तान भएको उल्लेख गर्दै पुर्खाको इतिहासलाई भुल्न नसक्ने समेत बताए ।

उनले हिमाल पहाड र तराईका बासिन्दालाई विभाजित गर्ने षड्यन्त्र भइरहेको भन्दै त्यसका विरुद्ध एकतावद्ध हुनुपर्नेमा पनि जोड दिए ।नेपालमा दुई कोणबाट विखण्डनको विउ रोपिएको भट्टराईको आरोप छ । जातीय रुपमा एउटा जातीको प्रयोग गरेर शासन सत्ता चलाउन खोज्नेहरु र नेपाललाई टुक्र्याएर अलग देश बनाउनुपर्छ भन्ने विखण्डनकारीहरु रहेको उनले बताए ।

खास आर्य र थारु मधेसी समुदाय नेपालमा कसरी आएका थिए भन्ने उदाहरण प्रस्तुत गर्दै भट्टराईले थारु समुदाय अफ्रिकाबाट आएर एक ठाउँमा मात्रै बसेकाले लाटो भएको तर खस आर्यहरु विभिन्न ठाउँमा घुमेर हण्डर ठक्कर आएर बाटो भएको तर्क गरे ।

सामाजिक सञ्जालमा गाली गर्ने पनि खस समुदाय

उनले सामाजिक सञ्जालहरुमा आफूलाई गाली गर्ने ९० प्रतिशत खस समुदाय नै भएको दाबी गरे । आफूले साँचो कुरा गर्दा मधेसी, थारुहरुलाई बोक्यो भनेर खस समुदायले नै आफ्नो आलोचना गर्ने गरेको भट्टराईले गुनासो गरे ।

भट्टराईले अहिले भएको सीमांकनले सबै समुदायलाई नसमेटेको भन्दै क्लष्टरका आधार सीमांकन गरिनुपर्नेमा जोड दिए ।अहिलेको प्रस्तावित सात नम्बर प्रदेश कार्यान्वयनमा नआएको उल्लेख गर्दै भट्टराईले खसआर्य तथा तराईका रानाथारु र डगौरा थारु गरी दुई थरी समुदाय मनोविज्ञान रहेको उल्लेख गरे । दुई समुदाय मध्ये एउटा समुदायका जनतालाई हात लिएर (किनेर) भ्रष्टाचार गर्ने पुरानो सोंच अहिले पनि रहेको भन्दै सचेत हुन भट्टराईले आग्रह गरे ।

एउटा समुदायका जनतालाई किनेर सीमित फाइदा भए पनि दीर्घकािलन फाइदा नहुने उनले दाबी गरे । ‘चुनावी स्वार्थको निम्ति एउटा जातीलाई समातेर अरु जातीमाथि शासन गर्ने काम केही पार्टीहरुले गरेका छन्’, भट्टराईले भने, ‘तर त्यो क्षणिक फाइदा मात्रै हुन्छ ।’

खस आर्य, आदिवासी जनजाति र थारु मधेसी तीनै जातीलाई मिलाएर क्लष्टरका आधारमा अघि बढ्नुपर्नेमा भट्टराईले जोड दिए । नेपाल एउटा इन्द्रेणी राष्ट्रियता रहेको भट्टराईको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

तीन महिनामा सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन – यस्तो छ पुनर्गठित मन्त्रीपरिषद्

१७ चैत,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्। पुनर्गठित मन्त्रीपरिषदमा

देशभर विश्व हिन्दू परिषद नेपालको स्थापना दिवस मनाइयो

१७ चैत,काठमाण्डौ । विश्व हिन्दू परिषद नेपालको स्थापना दिवस विविध कार्यक्रम गरि देशभर मनाइएको छ

उपनिर्वाचनका लागि २६ वटा राजनीतिक दल दर्ता

१७ चैत,काठमाडौं । २०८० साल वैशाख १० गते हुने तनहुँ निर्वाचन क्षेत्र नं.१ र बारा

आठ महिनामा इन्डोनेसियासँग मात्र ३० अर्बभन्दा माथिको व्यापार घाटा

१७ चैत,काठमाडौं। चालु आर्थिक वर्ष २०७९/८० साउनदेखि फागुनसम्ममा इन्डोनेसियासँग मात्र नेपालको व्यापार घाटा ३० अर्ब

इटहरीमा वडा कार्यालय र प्रहरीको गाडी तोडफोड,आन्दोलन हिंसात्मक बन्दै

१७चैत,काठमाडौं। कोसी प्रदेश नामकरणको विषयलाई लिएर आन्दोलन गरिरहेका पहिचानवादीहरूको आन्दोलन हिंसात्मक बन्न थालेको छ ।

धुलिखेलमा सुरु भयो क्यूआर स्क्यान ‘नम्बरिङ सिस्टम’

चैत १७, २०७९, काठमाडौं । धुलिखेल नगरपालिकाले नेभिगेसनमा आधारित हाउस नम्बरिङ सिस्टम प्रयोग गर्न  थालेको