धर्मशालामै यौन धन्दा ?

arestभद्रपुर/धर्मशालाका चौकीदारको मिलोमतोमा यौनधन्दा चलाउने गरेको पाइएको छ झापाको भद्रपुरस्थित मोहपाल धर्मशालावाट प्रहरीले छापा मारेपछी यौनधन्दा चलाउने गरेको घटना बाहिर आएको हो ।

धर्मशालामा कार्यरत भद्रपुर ५ का अन्दाजी ४० वर्षीय चौकीदार नापीलाल राजवंशी र स्थानीय युवा समूहको आपसी लेनदेनमा धन्दा चलाउदै आएकोे प्रहरीले यौनकर्मीलाई नियन्त्रणमा लिएपछि पुष्टि भएको हो । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको असई चित्रबहादुर कार्कीको नेतृत्वमा गएको टोलीले शुक्रवार राती धर्मशालामा छापा मारेर स्थानीय एक १७ वर्षीय युवतीलाई नियन्त्रणमा लिएपछि घट्ना सार्वजानिक भएको होे ।

धर्मशालामा कोठा भाडा लिएका भद्रपुरका केही युवाले युवती लगेको विशेष सूचनाको आधारमा प्रहरीले छापा मारेको वडा प्रहरी कार्यालय भद्रपुरका इन्सपेक्टर कुलप्रसाद चौधरीले बताए ।

धर्मशालाको मूल ढोकालाई चौकीदार राजवंशीले खोल्न नमानेपछि प्रहरीले पर्खाल नघारेर छापा मारेको थियो । प्रहरी ढोकामा आएको सूचना पाएपछि युवतीसँग रहेको तीन जना युवक माग्न सफल भएको प्रहरीले जनाएको छ ।प्रहरीले युवतीलाई आपत्तीजनक अवस्थामा फेला पारेको थियो ।

प्रहरी स्रोतका अनुसार युवतीलाई एक हजार दिने सर्तमा भद्रपुरका रोशन कामतीले धर्मशालामा लगेका थिए । रोशनले उनको साथीद्धय राजिव कामती र पिकी कामतीलाई पनि बोलाएका थिए ।

उनीहरू तीनै जना युवतीसँग रहेको युवतीले प्रहरीलाई बयान दिएको प्रहरी स्रोतले जनाएको छ ।प्रहरीले तीनै जना युवकलाई पक्राउ गर्न शनिवार बिहान उनीहरूको घर पुगेपनि कोही फेला नपरेको र तीन जना भारत भागिसकेको प्रहरीले आशंका गरेको छ ।

नियन्त्रणमा लिएका युवती र चौकीदार राजवंशीलाई आवश्यक अनुसन्धानका लागि वडाले जिल्ला प्रहरी कार्यालय पठाएको छ । प्रहरी कार्यालय झापाका डिएसपी हरिप्रसाद शर्माले घटनाको अनुसन्धान भइरहेको र फरार युवकहरुको खोजी भइरहेको बताए ।

होटेल तथा लज भन्दा धर्मशाला सुरक्षित स्थान भएकोले युवा समूहले युवतीहरुलाई धर्मशालामा लगेर यस्तो काम यसअघि पनि गर्दै आइरहेको स्थानीयबासीको भनाई छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’