अब कसैको दास र कम्लरी बन्न चाहँदैनौं : सभासद चौधरी

Ganga-Tharu-2भैरहवा, ११ चैत । नयाँ शक्ति नेपालका केन्द्रीय कार्यकारी सदस्य तथा सभासद गंगा चौधरीले सांसद् गंगा चौधरीले उत्पीडित वर्ग समुदायका मानिसलाई जबसम्म संविधानले सम्मान गर्न सक्दैन तबसम्म यो देशमा समृद्धि सम्भव नहुने बताएकी छिन् ।

शुक्रबार भैरहवामा आयोजित हिमाल, पहाड, तराई र मधेस राष्ट्रिय अभियानलाई सम्बोधन गर्दै उनले अझै पनि शासकहरुले दास र कम्लरी बनाउन खोजेकोप्रति कडा टिप्पणी गरिन् । उनले भनिन्, ‘हामी २१ औं शताब्दीको नागरिक हौं, हामी अब कसैको दास र कम्लरी बन्न चाहँदैनौं, त्यसैकोविरुद्ध मधेश थरुहठ आन्दोलनको उठान भएको हो ।’

उनले उत्पीडनमा परेका वर्गको अधिकारका लागि लड्नुपर्ने आवश्यकता औंल्याउँदै नयाँ शक्तिले त्यसैका लागि लड्ने बताइन् । अहिले देशमा चलिरहेको अन्धराष्ट्रवादप्रति कटाक्ष गर्दै उनले भनिन्, ‘खोक्रो राष्ट्रवादको नारा लिएर हिंडेका सिक्किममा जन्मिएका व्यक्ति राष्ट्रवादी हुने तर, यो देशमै जन्मिएर जमिनको रक्षा गर्ने कसरी राष्ट्रविरोधी हुन्छ ?,’ उनले प्रश्न गरिन् ।

यसैगरी दलित शक्ति नेपालका संयोजक सुशिला सिपाइलले राष्ट्रियताको नाममा नेपालमा रहेका मधेसी समुदायलाई नदेख्ने व्यवहारले नेपालको समृद्धि होइन, बरु विखण्डनतिर लैजाने बताए ।
उनले अधिकार र पहिचान दिने नाममा कुनै समुदायले पाउँछ, अर्कोले पाउँदैन भनेर विभेद गरेर समृद्ध नेपाल बन्न नसक्ने बताए

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट