भैरहवा, ११ चैत । नयाँ शक्ति नेपालका केन्द्रीय कार्यकारी सदस्य तथा सभासद गंगा चौधरीले सांसद् गंगा चौधरीले उत्पीडित वर्ग समुदायका मानिसलाई जबसम्म संविधानले सम्मान गर्न सक्दैन तबसम्म यो देशमा समृद्धि सम्भव नहुने बताएकी छिन् ।
शुक्रबार भैरहवामा आयोजित हिमाल, पहाड, तराई र मधेस राष्ट्रिय अभियानलाई सम्बोधन गर्दै उनले अझै पनि शासकहरुले दास र कम्लरी बनाउन खोजेकोप्रति कडा टिप्पणी गरिन् । उनले भनिन्, ‘हामी २१ औं शताब्दीको नागरिक हौं, हामी अब कसैको दास र कम्लरी बन्न चाहँदैनौं, त्यसैकोविरुद्ध मधेश थरुहठ आन्दोलनको उठान भएको हो ।’
उनले उत्पीडनमा परेका वर्गको अधिकारका लागि लड्नुपर्ने आवश्यकता औंल्याउँदै नयाँ शक्तिले त्यसैका लागि लड्ने बताइन् । अहिले देशमा चलिरहेको अन्धराष्ट्रवादप्रति कटाक्ष गर्दै उनले भनिन्, ‘खोक्रो राष्ट्रवादको नारा लिएर हिंडेका सिक्किममा जन्मिएका व्यक्ति राष्ट्रवादी हुने तर, यो देशमै जन्मिएर जमिनको रक्षा गर्ने कसरी राष्ट्रविरोधी हुन्छ ?,’ उनले प्रश्न गरिन् ।
यसैगरी दलित शक्ति नेपालका संयोजक सुशिला सिपाइलले राष्ट्रियताको नाममा नेपालमा रहेका मधेसी समुदायलाई नदेख्ने व्यवहारले नेपालको समृद्धि होइन, बरु विखण्डनतिर लैजाने बताए ।
उनले अधिकार र पहिचान दिने नाममा कुनै समुदायले पाउँछ, अर्कोले पाउँदैन भनेर विभेद गरेर समृद्ध नेपाल बन्न नसक्ने बताए
काठमाडौं, असार २४ गते। रसुवाको लेन्दे खोलामा आएको बाढी भोटेकोशी नदीमा मिसिएपछि उत्पन्न संकटमा फसेका
२२ असार २०८२, आइतबार – दार्चुलानेपालका नागरिकले आफ्नै देशभित्रको छाङरु र टिङ्कर पुग्न वर्षौंदेखि भारतको
२० असार २०८२, काठमाडौँ ।गण्डकी प्रदेश सरकारले सार्वजनिक सवारी साधनको अभाव कम गर्न ल्याएको ‘राइड
सेभिया (स्पेन), असार १६ – प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारको आवश्यकतामा विशेष
असार १५,काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पश्चिम नेपालका विभिन्न १२ जिल्ला आज
काठमाडौँ, असार ४ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय पर्साका अधिकृत (आठौँ तह)