प्रधानमन्त्री प्रचण्डपुत्र प्रकाशको अर्को पनि पत्नी…….?

582439494काठमाडौं, ११ चैत ।  प्रधानमन्त्री पुष्पमकल दाहालको सचिवालयमा अहिले उनका छोरा प्रकाश दाहालका कारण नयाँ लफडा सिर्जना भएको छ । कुरा सामान्य नै हो– सचिवालयमा एकजना कर्मचारी राख्नुपर्ने । तर, त्यसमा ल्याउन लागिएका पात्रका कारण दाहालकी तेस्री पत्नी बिना मगर सशंकित बनेपछि यत्तिकै रोकिएको छ ।

पर्वतका मनहरि तिमिल्सेनाले उपसचिव तहको नियुक्ति छाडेर बाहिरिएपछि सीएम प्रचण्ड डट कम, फेसबुक र ट्विटर अद्यावधिक गर्ने एकजना पत्रकार पृष्ठभूमिको मान्छे चाहिएको छ । त्यसका लागि प्रकाश दाहालबाट प्रस्ताव गरिएको पात्र महिला पर्नुलाई बालुवाटारमा स्वाभाविक मानिएको छैन ।
दुई वर्षअघि तेस्री पत्नीका रूपमा बिना मगरलाई भित्रायाएका उनले त्यस्तै बानी पुनरावृत्ति गर्न लागे कि भन्ने त्रास बिनालाई मात्र होइन, आमा–बासम्म पनि पुगेको छ ।

प्रकाश स्वयंको लगानीमा उजिर मगरहरूले सञ्चालन गरिरहेको एभरेस्ट दैनिक डट कममा कार्यरत महिलालाई टिमको सदस्य भन्दै बालुवाटार भित्र्याएर प्रकाशले एक सातादेखि गरेको प्रयास सफल हुन सकेको छैन ।

स्रोतका अनुसार प्रकाशसँगको राम्रो मित्रताका कारण अरू पनि सरकारी नियुक्तिमा काम गरिरहेकी ती महिलाले पनि बालुवाटार जाने इच्छा राखे पनि झगडा हुने डरले यत्तिकै थन्किएको  छ ।

बेला–बेलामा प्रकाश ‘लौ न, एकजना मान्छे राख्नुप¥यो, फेसबुक, ट्वीटर अपडेट नै भएन’ भनिरहन्छन् । चाहिँदैन त कसैले भनेको छैन, तर हुन्छ भन्नासाथ उनले तिनै महिलाको नाम लिने भएकाले कसैले जवाफ दिने गरेको छैन ।

नुवाकोटकी प्रभा बोगटीसँगको पहिलो विवाह टुंग्याएर पोखराकी सिर्जना अधिकारीसँग प्रकाशले मागी विवाह गरेका थिए । उनीबाट एक छोरा जन्मेपछि बेवारिसे छाडेर कञ्चनपुरकी बिना मगरसँग दिल्लीतिर भागेका थिए, खबर बुधबार साप्ताहिकमा छ ।

अहिले बिनाबाट पनि एक छोरा छन् । सुनाकोठीतिर अपार्टमेन्ट लिएर बसे पनि दुई महिनाअघि आमा सीता दाहाल बिरामी भएयता उनीहरू त्यही बेलादेखि बालुवाटार बस्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

इन्जिनियरिङको शुल्क वृद्धि फिर्ता

भदौ १४, काठमाडौं । इन्जिनियरिङ अध्ययन संस्थान (आईओई)ले स्नातक तहमा वृद्धि गरेको शुल्क तत्काल कार्यान्वयन नगर्ने

एमालेको सचिवालय वैठकले केन्द्रिय नेताहरुलाई यस्तो जिम्मेवारी दियो

 २०८० जेठ २४, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले केन्द्रीय सदस्यसम्मको कार्यविभाजन गरेर अन्तर पार्टी

भारत भ्रमणमा प्रधानमन्त्री प्रचण्डलाई एमालेले दिएको ५ महत्त्वपूर्ण सुझावहरु यस्ता छन्

जेठ १४, काठमाडौं । भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री प्रचण्डले सुझावका लागि भनेर डाकेकाे वैठकमा

देशका दक्ष जनशक्ति विदेश पलायन हुदैँ, सरकार राहदानी वांड्दै

पछिल्ला समय नेपालीहरुमा विदेशी मोह लागेको छ । पैसा हुने नै होस् या नहुने सबै

एमाले दधिकोटको घरदैलो सम्पन्न,बालेनको लौरो किरण थापालाई हस्तान्तरण(फोटोफिचर)

२६ कार्तिक,भक्तपुर । लौरो अभियान्ता एवं लौरो चुनाव चिन्ह लिएर भक्तपुर २ प्रदेश (क) का

बृहत कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम भब्य रुपमा सप्पन्न

५ असोज,भक्तपुर । नेकपा एमाले सुर्यविनायक नगरकमिटी वडा नं ८ को आयोजनामा वडा स्तरीय बृहत