एमाले दधिकोटको घरदैलो सम्पन्न,बालेनको लौरो किरण थापालाई हस्तान्तरण(फोटोफिचर)


२६ कार्तिक,भक्तपुर । लौरो अभियान्ता एवं लौरो चुनाव चिन्ह लिएर भक्तपुर २ प्रदेश (क) का उम्मेदवार उद्धव घिमिरेले आफ्नो चुनाव चिन्ह लौरो नेकपा एमाले भक्तपुर २ प्रदेश (क) का उम्मेदवार किरण थापालाई हस्तान्तरण गरेका छन ।                   

नेकपा एमाले सुर्यविनायक नगरपालिका वडा नं. ४ निर्वाचन परिचालन कमिटिको आयोजनामा आयोजित घरदैलो कार्यक्रमामा घिमिरेले नेकपा (एमाले) भक्तपुर २ प्रदेश (क) का उम्मेदवार किरण थापालाई समर्थन गर्दै लौरो हस्तान्तरण गरेका हुन ।               

‘देशलाई समृद्ध र सुखी बनाउने,जनताको इच्छा,चाहाना र समाजको हितको लागि काम गर्ने ब्यक्ति विचार मात्रै होईन राष्ट्र विचार हो । विश्व विचार हो । त्यसैले विगतमा गरेका कामहरुलाई सम्मान गर्दै आगामी कामका रणनीति र योजना सामुहिक रुपमा तय गर्ने वाचा सहित लौरो अभियानको भावना,विचार र नेकपा एमालेको चुनाव चिन्ह सुर्यको भावना र विचार मिलेको कारण आफुले नेकपा एमालेका उम्मेदवार किरण थापालाई समर्थन गरेको लौरो अभियान्ता घिमिरेको भनाइ रहेको छ ।’            

निर्वाचनको मिति नजिकिँदै जांदा भक्तपुरमा नेकपा एमालेका उम्मेदवारहरुलाई लौरो हस्तान्तरण गर्ने कार्य जारी रहेको छ । केहिदिन अगाडीमात्रै लौरो अभियान्ता एवं लौरो चुनाव चिन्ह लिएर भक्तपुर निर्वाचन क्षेत्र नं २ बाट उम्मेदवारी दिएका दरो स्तमभले भक्तपुर २ का एमाले उम्मेदवार महेश बस्नेतलाई समर्थन गर्दै लौरो हस्तान्तरण गरेका थिए । नेकपा (एमाले) भक्तपुर जिल्ला कमिटी सदस्य सहदेव न्यौपाने को विशेष पहलमा घिमिरेले आफ्नो चुनाव चन्ह लौरो एमालेका उम्मेदवार किरण थापालाई समर्थन गर्दै हस्तान्तरण गरेका हुन ।               

गाम्चा चोकबाट शुरु भएको घरदैलोमा जनताको व्यापक सहभागिता रहेको थियो । युवादेखी जेष्ठ नागरिकहरु समेतको उल्लेखनीय उपस्थिति र आफ्नो लोकप्रिय उम्मेदवार महेश बस्नेतलाई प्रत्येक घर र चोकहरुमा टिका,माला र पुष्पगुच्छाहरुले स्वागत गरेका थिए । त्यस्तै नेपाली काङ्ग्रेस परित्याग गरि युवाहरू एमाले प्रवेश समेत गरेका थिए ।           

 

गाम्चा चोकबाट सुरु भएको घरदैलो कार्यक्रम सिकारीटार,तिवारी टोल,परोपकार,कृष्ण मान्दिर,खड्का गाउँ,लुवान्जर टोल हुँदै साविकको दधिकोट ४ को तामाङ टोलमा पुगेर सप्पन्न भएको थियो ।                    

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी