बृहत कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम भब्य रुपमा सप्पन्न


५ असोज,भक्तपुर ।
नेकपा एमाले सुर्यविनायक नगरकमिटी वडा नं ८ को आयोजनामा वडा स्तरीय बृहत कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ।

नेकपा एमालेका पोलिटव्युरो सदस्य,पुर्वमन्त्री तथा निवर्तमान प्रतिनिधिसभा सदस्य क.महेश बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा निवर्तमान बागमती प्रदेशसभा सदस्य क.शशिजंग थापा,पुर्व वडा अध्यक्ष एंव एमाले भक्तपुरका नेता किरण थापा र वडा अध्यक्ष पुष्पराज बस्नेत लगाएतको विशेष उपस्थिति रहेको थियो।

नेकपा एमाले वडा नं ८ का अध्यक्ष धर्मराज बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेकपा एमालेको सुर्य धोजा बाहाक उम्मेदवारलाई अत्याधिक बहुमतका साथ बिजय गराउने मुख्य उदेश्यका साथ कार्यक्रम आयोजना गरिएको वडा नं ८ अध्यक्ष तथा युवा नेता पुष्पराज बस्नेतले बताउनुभएको छ।

भेलाले नेकपा एमाले वडा नं ८ मातहतमा रहेका २२ वटै टोल कमिटीहरुमा भोलिदेखिनै भेला तथा प्रशिक्षण कार्यक्रमहरु अगाडी बढाउने नेकपा एमाले सुर्यविनायक नगरपालिका वडा नं ८ अध्यक्ष क.धर्मराज बस्नेतले बताउनुभएको छ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

इन्जिनियरिङको शुल्क वृद्धि फिर्ता

भदौ १४, काठमाडौं । इन्जिनियरिङ अध्ययन संस्थान (आईओई)ले स्नातक तहमा वृद्धि गरेको शुल्क तत्काल कार्यान्वयन नगर्ने

एमालेको सचिवालय वैठकले केन्द्रिय नेताहरुलाई यस्तो जिम्मेवारी दियो

 २०८० जेठ २४, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले केन्द्रीय सदस्यसम्मको कार्यविभाजन गरेर अन्तर पार्टी

भारत भ्रमणमा प्रधानमन्त्री प्रचण्डलाई एमालेले दिएको ५ महत्त्वपूर्ण सुझावहरु यस्ता छन्

जेठ १४, काठमाडौं । भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री प्रचण्डले सुझावका लागि भनेर डाकेकाे वैठकमा

देशका दक्ष जनशक्ति विदेश पलायन हुदैँ, सरकार राहदानी वांड्दै

पछिल्ला समय नेपालीहरुमा विदेशी मोह लागेको छ । पैसा हुने नै होस् या नहुने सबै

एमाले दधिकोटको घरदैलो सम्पन्न,बालेनको लौरो किरण थापालाई हस्तान्तरण(फोटोफिचर)

२६ कार्तिक,भक्तपुर । लौरो अभियान्ता एवं लौरो चुनाव चिन्ह लिएर भक्तपुर २ प्रदेश (क) का

संविधान दिवसको अवसरमा एमालेको वाकाथन,अध्यक्ष ओली युवासंग पैदल यात्रामा

३० भदौ,काठमाडौं ।    संविधान दिवसको सातौं वर्षगाँठका अवसरमा नेकपा एमालेले असोज १ गते काठमाडौंमा