नेताहरु गाउँ गए निर्वाचनको वातावरण बन्छ : उप्रेती

Nilkantha-Upreti-768x458काठमाडौं, ११ चैत्र। पूर्व प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले स्थानीय तहको निर्वाचनको मतगणना मतदान केन्द्रमै गर्न मिल्नेगरी स्थानीय तह निर्वाचन व्यवस्थान ऐनमा भएको प्रावधानलाई संशोधन गर्न सुझाव दिएका छन् ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको निर्वाचनका चुनौतिहरु विषयक साक्षात्कारमा बोल्दै पूर्व प्रमुख आयुक्त उप्रेतीले निर्वाचन सम्पन्न भएलगत्तै मतपरिणाम निर्वाचन केन्द्रमै गणना गर्नुपर्ने बताएका हुन् । उनले भने, ‘मतपरिणाम अन द स्पट गणना गर्दा राम्रो हुन्छ, मतपत्र बोकेर सदरमुकाम धाउने काम गर्नुहुँदैन, यस्तो भयो भने ३ घण्टाभित्रै निर्वाचनको परिणाम आउँछ।’

उनले विश्वका धेरै देशहरुमा स्थानीय तहको निर्वाचनको मतगणना निर्वाचन केन्द्रमै गरिने गरेको उदाहरण पेश गर्दै भने, ‘हाम्रो देशमा पनि अब यसलाई लागु गर्नुपर्छ ।’ चुनाव आउने अब जम्मा ५० दिन बाँकी रहेकोले निर्वाचन तोकिएकै मितिमा सम्पन्न गर्नको लागि चूनौतिका बक्रेल्ती पर्खाल रहेको बताउँदै उप्रेतीले भने, ‘पहिलो र प्रमुख चुनौति भनेको दलीय सहमति कायम गर्नुपर्छ, निर्वाचन सबैलाई चाहिएको छ, यसको लागि संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरु चुनावमा भाग लिन जरुरी छ।’

धेरै लामो समयपछि स्थानीय तहको निर्वाचन हुन गैरहेकोले उक्त निर्वाचन ऐतिहासिक निर्वाचन हुने बताउँदै उनले भने, ‘८५ लाख नयाँ मतदाता छन्, त्यसैले कुनैपनि स्थानमा निर्वाचन रोक्नुहुँदैन्, तर रोक्नुहुँदैन भन्ने नाममा लोकतन्त्रमा जबरजस्ती गर्ने कुरापनि आउँदैन् ।’ उप्रेतीले समयभित्रै निर्वाचन गराउने कुरामा दलहरु जिम्मेवारी नबेको आफूले पाएको स्पष्ट पारे । उनले अहिलेसम्म आवधिक निर्वाचनको सुनिश्चितता नभएको धारणा राखे ।

उनले राजनीतिक दलहरुले चुनाव गराउन नसकेर भन्दापनि नचाहेर नभएको आरोप लगाए । उप्रेतीले थपे, ‘दलहरुमा चुनाव गराउन नचाहने मनोविज्ञान देखिएको छ ।’ यद्यपि उनले स्थानीय तहको निर्वाचन भएको ५ वर्षभित्रै अर्थात ५ वर्ष पुग्न दुई महिना बाँकी रहँदै फेरि निर्वाचन हुने सुनिश्चितता हुनु अत्यन्तै सकारात्मक कुरा भएको टिप्पणी गरे।

त्यस्तै उनले प्रान्त र संघीय संसदको निर्वाचनसम्बन्धी ऐन हेर्न बाँकी नै रहेको बताउँदै भने, ‘लोकतन्त्रको जग हाल्ने, लिडरसिप चयन गर्ने, ४० प्रतिशत महिलाहरुले उम्मेद्धवारी दिने अवसर भएकोले यो मौकालाई कसैले पनि खेर फाल्नुहुँदैन ।’ उनले स्थानीय तहको निर्वाचनमा १५ हजार महिला उम्मेद्धवार हुने स्पष्ट पारे । उनले निर्वाचनको लागि वातावरण बनाउनको लागि दलहरु गाउँमा जानुपर्नेमा जोड दिए । उप्रेतीले थपे,‘काठमाडौं र सिंहदरबारमा बसेर हुँदैन्, निर्वाचनको वातावरण तय गर्नको लागि त गाउँमै जानुपर्‍यो नि ।’

उप्रेतीले निर्वाचन अत्यन्तै खर्चिलो हुने समेत बताए । उनले थपे, ‘यो निर्वाचन अत्यन्तै खर्चिलो हुन्छ, कतिपय उम्मेद्वारले पैसा छैन, खर्चका आफ्नै सिमा छन्, एउटा बाहिरी सिमा र अर्को भित्री सिमा छ।’

उप्रेतीले अहिले निर्वाचनको माहोल तयार भएको स्पष्ट पारे । उनले भने, ‘अहिले निर्वाचनको माहोल तयार हुँदैछ, असुन्तुष्ट दलहरुपनि अलि नरम बनेका छन् ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

रास्वपाको प्रथम महाधिवेशन आजदेखि भरतपुरमा, विद्युतीय मतदानमार्फत नयाँ नेतृत्व चयन हुँदै

भरतपुर, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा

दुर्गा पन्तको स्वर्णसँगै विश्व योग च्याम्पियनसिपमा नेपालको ऐतिहासिक उपलब्धि

अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा

श्रम अधिकारमाथि बढ्दो हस्तक्षेपबारे जेटियुसिसीको अन्तर्राष्ट्रिय मञ्चमा चिन्ता

काठमाडौँ, जेठ २८ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) का अध्यक्ष विनोद श्रेष्ठले नेपालमा

बिजुलीमा ५ प्रतिशत भ्याट लगाउने निर्णयको विरोध, लाखौँ उपभोक्ता प्रभावित हुने चिन्ता

 जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत

ईयू आबद्ध देशका राजदूतहरूसँग प्रधानमन्त्रीको सामूहिक भेट

काठमाडौं  जेठ १२, । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि युरोपेली संघ (ईयू) मा आबद्ध

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ