March 23, 2017

यस्ता छन् हामी नेपाली खुशी हुने कारणहरु ।

बिँडी माग्दा सिगरेट पाईयो भने खुशी , सरकारले राहत दिए पनि नदिए पनि बर्षौ सम्म राहत दिईनेछ भन्दे मात्र खुशी happy-300x160

 देशमा राजनैतिक अस्थिरता छाएको छ । रोजगार छैन । अशान्ति छाएको छ । शिक्षा, स्वास्थ , व्यापार- व्यवसाय , सडक , खानेपानी देखि लिएर धेरै कुरा अस्तव्यस्त छन् युवाहरु पढाइका प्रमाणपत्र देशमा राखेर विदेशीरहेको अवस्था छ । कहिले बन्द, नारा-जुलुस चक्काजाम – यस्ता गतिविधिले देशमा काम गरेर खाननि असहज छ ।

छिमेकिहरुको लुछाचुढिमा परेको देश दुई ढुङ्गाको तरुल जस्तो भाछ , अाफ्नो हिसाबले बढ्न र फैलन पाउदैन् । देश दयनिय अवस्थामा गुज्रिइरहेको छ । खुशी सम्बन्धि विश्व प्रतिवेदन २०१७ का अनुसार दक्षिण एसियामा नेपाल खुशी हुने राष्ट्रको तेस्रो स्थानमा परेको छ । यसै धोषणा पश्चात् खोटाङका गजलकार लेख् कार्कीले हामी नेपाली खुशी हुनाका कारण भन्ने एउटा व्यङ्ग्यात्मक लेख सामाजिक संजाल मार्फत सार्वजनिक गरेका छन् ।

हाल रोजगारिको सिलसिलामा कतारमा रहेका कार्की आफ्ना साहित्यिक रचनाका लागि मात्रै नभएर , फेसबुकमा राखिने विभिन्न लेख त स्टाटसका लागि पनि अतिनै रुचाइएका व्यक्ति हुन् । हरेक सामाजिक कुरा तथा विचारहरुलाई रमाइलो पाराले खण्डन गरि प्रस्तुत गर्ने कार्कीको खुशी सम्बन्धिको घोषणालाई यसरी व्यक्त गरेका छन् ।

लेख कार्कीको फेसबुकबाट जस्ताको तस्तै- खुशी हुने राष्ट्रहरुको सूचीमा नेपाल दक्षिण एशियामा तेश्रो भएछ । यस्तो अव्यवस्थित देशका जनता कसरी धेरै खुशी भए होलान् भनेर समाचार पढेदेखी अनुसन्धान शुरु गरेको बल्ल केही रहस्य पत्ता लगाउन सफल भैयो हेर्नुस – हामी नेपाली खुशी हुने कारण थुप्रै रहेछन् । जस्तै :- –

गाडिमा फुलभाडा तिरेर चढ्दा बस्नका लागि सिट पाईयो भने खुशी ।

– बिजुलीको बिल तिर्न जाँदा, धारामा पानी थाप्न जाँदा लाईन धेरै बेर बस्न परेन भने खुशी ।

– प्रशासनमा जाँदा कर्मचारीले घुस नखाईदिई काम गरिदिए भने खुशी ।

– कलब्रेक खेल्दा ३ हात लेखेर ५ हात खाइयो भने खुशी ।

– बाख्राले जोडि पाठा पायो भने खुशी ।

– प्लेन चढ्दा एयर होस्टेजले फोन बन्द गर्नु भन्छन् उनिहरुका आँखा छलेर झ्याल बाट बाहिरको फोटो खिच्न पाउँदा खुशी ।

– घाँस काट्न जाँदा पानी पर्यो भने काट्न परेन भनेर खुशी

– स्कुल जाँदा अलिक छुच्ची खालकी मिस स्कुल आईनन् भने खुशी ।

– एक घण्टाको बाटो हिंडेर डाँडामा पुगेपछी मोबाइलमा 3G चल्दियो भने खुशी ।

– बिँडी माग्दा सिगरेट पाईयो भने खुशी

– सरकारले राहत दिए पनि नदिए पनि बर्षौ सम्म राहत दिईनेछ भन्दे मात्र खुशी ।

– पैसा पनि पठाउने रचना पनि पठाउने अनि प्रकाशकले यति किताब बेच्नुस भनेर आफ्नै रचना बेच्न दिदा नि खुशी ।

– यति धेरै कुरा पढी सके पछि यहि स्टाटस शेयर गर्दिए पनि खुशी ।

खुशी हुने बहाना कति रछन् कति हामी नेपालीमा । खास दुनियाँमै प्रथम भको देश नर्वेको ठाउँमा हामी प्रथम हुनुपर्ने हो !

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट