घूस लिँदालिँदै यातायात व्यवस्था विभागका अधिकृत पक्राउ

ghushकाठमाडौं, १० चैत –यातायात व्यवस्था विभागका एक अधिकृत घूस लिँदालिँदै अख्तियारको फन्दामा परेका छन् ।
विभागको काठमाडौं बानेश्वस्थित कार्यालयमा कार्यरत् शाखा अधिकृत अर्जुन प्रसाद रिजाललाई वुधवार अख्तियारको टोलीले पक्राउ गरेको हो ।

रिजालले मोटर ड्राइभिङ इन्स्च्यिूड दर्ता गर्ने क्रममा घूस लिएको अख्तियारले जनाएको छ । विभागका अधिकृत रिजालले २५ हजार रुपैयाँ घूस लिएको अख्तियारले जनाएको छ ।

रिजालले भ्रष्ट्राचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ वमोजिमको कसूर गरेको पुष्टि हुन आएको र उनलाई २५ हजार रुपैयाँ बिगो सहित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ र दफा ३ को उपदफा १ को देहाय क बमोजिम जरिवाना र कैद सजाय हुन माग दावी लिई विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट