बहुर्राष्ट्रिय सैन्य अभ्यास हुँदै, २४ देशका सेना नेपालमा

nepali-sena७ चैत, काठमाडौं । आजदेखि काभ्रेपलाञ्चोकको पाँचखालमा अन्तर्राराष्ट्रिय सैन्य अभ्यास सुरु हुँदैछ । सैन्य अभ्यासका लागि नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र  पाँचखालमा २८ मुलुकका एक हजार २४ सेना सहभागी हुँदैछन् ।

सैन्य अभ्यासमा नेपाल, बंगलादेश, बोस्निया हर्जगोभिना, कम्बोडिया, घाना, इन्डोनेसिया, जोर्डन, काजकिस्तान, मलेसिया, मंगोलिया, मेक्सिको, पाराग्वे, फिलिपिन्स, पाकिस्तान र रुवान्डाका सेना सहभागी हुनेछन् ।

 

त्यस्तै श्रीलंका, किर्गिस्तान, थाइल्यान्ड, अमेरिका, उरुग्वे, भियतनाम, अस्टे्रलिया, क्यानडा, भारत, जापान, न्युजिल्यान्ड, दक्षिण कोरिया र बेलायतका सेनाले सैन्य अभ्यास गर्नेछन् ।

नेपाली सेना र अमेरिकी सेनाको एसिया प्यासिफिक कमान्डको संयुक्तले गर्न लागेको सैन्य अभ्यासको प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने कार्यक्रम छ ।

नेपालमा तेस्रो पटक हुन लागेको सैन्य अभ्यासका लागि नेपाली सेनाले ४९ जना सैन्य प्रशिक्षक तयार पारिएको जनाइएको छ । यसअघि सन् २००० र २०१३मा यस्तै सैन्य अभ्यास भएको थियो ।

सैन्य अभ्यासकै लागि अमेरिकी सेना प्रमुख नेपाल आएका छन् । बहुपक्षीय सैन्य अभ्यास चैत २१ गते सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

  ४३ जना जिल्ला न्यायाधीशका लागि  विज्ञापन

माघ २६,काठमाडौँ   । न्याय सेवा आयोगको परीक्षा महाशाखाले  ४३ जना जिल्ला न्यायाधीशका लागि  विज्ञापन  गरेको 

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)

संसदमा गहकिलो बन्न निर्देशन

 माघ २२,काठमाडौँ,। नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संसद्मा गहकिलो ढङ्गले गलत

आजको मौसम :  बागमतीमा हिमपातको सम्भावना

  माघ ५,काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले कोशी र गण्डकी प्रदेशका केही