मंगलसेन । बूढी एउटा इमान्दार केटा खोजेर बिहे गर। म जस्तो रक्सी खानेसँग बिहे गर्नु तिम्रो ठूला गल्ती हो। यस्तो केटासँग बिहे गर जसले म भन्दाबढी माया गरोस् । मैले जस्तो चोखो माया गरोस्। जसको धेरै सम्पति होस् म जस्तो गरीब नहोस्। गल्ती तिम्रो होइन के थाहा तिमीलाई म यस्तो छु भनेर। सरी बूढी सरी।
२४ बर्षीय लोकेश सोडारीले आत्महत्या गर्नुअघि लेखेर छोडेको सुसाइड नोटमा भेटिएको एउटा अनुच्छेद हो यो। सँगै जीवन ज्यूने बाचा कसम खाएर बिहे गरेको दुई महिना नपुग्दै लोकेशले सधैँका लागि संसार छोडेर गए। उनको मृत्युबाट भर्खरै घर भित्याईएकी श्रीमती बेला मात्र नभएर सिंगो परिवार, गाउँ तथा साथीसंङ्गी,आफन्त सबै शोकमा डुबेका छन्।
हजुरको नालायक छोरो गयो आमालाई सम्बोधन गर्दै उनले लेखेका छन्। बुबा हजुरलाई सधैँ रुवाएँ, हजुरको अनुहारमा खुसी ल्याउने सपना अधुरो रहयो। म बाँचे पनि हजुरलाई खुसी पार्न सक्दैनथ्ये। बाबुलाई सम्बोधन गर्दै नोटमा उनले लेखेका छन्।
लोकेश चार महिनादेखि छिमेकी ओलीगाउँको मंगलानेर उच्च माविमा निजीस्रोतको शिक्षकको रुपमा काम गर्दै आएका थिए। उनी लोकेश चैत्र २ गते विद्यालयमा जान्छु भनी श्रीमतीसँग छुट्टिएका थिए। विद्यालय नपुग्दै बीच बाटोमा पर्ने जुपुको जंगलको एउटा रुखमा ज्याकेटको डोरीले झुण्डिएर आत्म हत्या गरेको प्रहरीले जानकारी दिएको छ।
उनको सुसाईट नोटमा यो पनि छ। चार साथीबाट सापटी लिएको साढे सात हजार रुपैँया तिनुपर्ने हिसावसमेत नोटमा लेखेका उनले उक्त रकम आफ्नै खल्तीमा रहेको रकमबाट तिरिदिन पनि भनेका छन्। उनको खल्तीमा नौ हजार दुई सय २५ रुपैँया पनि भेटिएको प्रहरीले जनाएको छ।
तिखो दिमाग र पढाईमा निकै मिहेनती लोकेश गाउँका सबैको आशाका केन्द्र रहेको गाउँलेहरु बताउछन्। बीएस्सी सम्मको अध्ययन गरेका लोकेशले दुई पटकसम्म नेपाली सेनाको सेकेन्ड लेफ्टिनेन्टको लिखित परीक्षामा नाम निकालेका थिए। लिखितमा दुई/दुई पटक नाम निकाल्दा पनि मागेजती पैँसा दिन नसक्दा मौखिकमा फेल भएपछि उनमा ठूलो निराशा छाएको लोकेशका भिनाजु रमेश रावलले सुनाए। नेपाली सेनामै जागिर खाएर राष्ट्रको सेवा गर्ने उनमा ठूलो धोको थियो, रावलले भने, नेपाली सेनाको प्रमुख पदमा पुग्ने लक्ष्य सुनाउने गरेको मान्छे दुइ पटक मौखिकमा फेल भएपछि सारै निराश थियो।
पछिल्लो सयम कोरिएन भाषा परीक्षासमेत उत्तीर्ण गरेर भिसा आउने अन्तिम अवस्थामा पुगेको पनि रावलले जानकारी दिए। एकोहोरो स्वभावका उनले खासमा के कारणले आत्महत्या गरेको हो भन्ने कुरा भने बुझन नसकेको रावलले सुनाए।
लोकेश कालागाउँ गाविसका पूर्व अध्यक्ष तथा सुकुम्बासी समस्या समाधान आयोग अछामका अध्यक्षसमेत रहेका कृष्ण सोडारीका कान्छा छोरा हुन्। निमित्त जिल्ला प्रहरी प्रमुख महेन्द्र कलौनीले मिहेनतको कदर हुन नसकेको देखेर जीवनदेखि नै निराश भएर आत्महत्या गरेको हुन सक्ने बताए।
काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार
-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज
काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले
काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट