यस्तो दर्दनाक सुसाइड नोट लेखेर हात्यहत्या गरे २४ बर्षीय एक युवकले

suside-750x512मंगलसेन । बूढी एउटा इमान्दार केटा खोजेर बिहे गर। म जस्तो रक्सी खानेसँग बिहे गर्नु तिम्रो ठूला गल्ती हो। यस्तो केटासँग बिहे गर जसले म भन्दाबढी माया गरोस् । मैले जस्तो चोखो माया गरोस्। जसको धेरै सम्पति होस् म जस्तो गरीब नहोस्। गल्ती तिम्रो होइन के थाहा तिमीलाई म यस्तो छु भनेर। सरी बूढी सरी।

२४ बर्षीय लोकेश सोडारीले आत्महत्या गर्नुअघि लेखेर छोडेको सुसाइड नोटमा भेटिएको एउटा अनुच्छेद हो यो। सँगै जीवन ज्यूने बाचा कसम खाएर बिहे गरेको दुई महिना नपुग्दै लोकेशले सधैँका लागि संसार छोडेर गए। उनको मृत्युबाट भर्खरै घर भित्याईएकी श्रीमती बेला मात्र नभएर सिंगो परिवार, गाउँ तथा साथीसंङ्गी,आफन्त सबै शोकमा डुबेका छन्।

मंगलसेन नगरपालिका-१४ कालागाउँका लोकेशले झुण्डिएर आत्महत्या गर्नु अघि लेखेको सुसाइड नोटमा श्रीमतीलाई मात्र होईन आमा, बुबा, साथीभाई सबैलाई सम्झेका छन् । साढे पाँच पृष्ठ लामो सुसाईट नोटमा घरपरिवार साथीसंगीसँग माफी माग्नेदेखि लिएर आफूले तिर्नुपर्ने ऋणको विवरण सम्म लेखेका छन्।

हजुरको नालायक छोरो गयो आमालाई सम्बोधन गर्दै उनले लेखेका छन्। बुबा हजुरलाई सधैँ रुवाएँ, हजुरको अनुहारमा खुसी ल्याउने सपना अधुरो रहयो। म बाँचे पनि हजुरलाई खुसी पार्न सक्दैनथ्ये। बाबुलाई सम्बोधन गर्दै नोटमा उनले लेखेका छन्।

लोकेश चार महिनादेखि छिमेकी ओलीगाउँको मंगलानेर उच्च माविमा निजीस्रोतको शिक्षकको रुपमा काम गर्दै आएका थिए। उनी लोकेश चैत्र २ गते विद्यालयमा जान्छु भनी श्रीमतीसँग छुट्टिएका थिए। विद्यालय नपुग्दै बीच बाटोमा पर्ने जुपुको जंगलको एउटा रुखमा ज्याकेटको डोरीले झुण्डिएर आत्म हत्या गरेको प्रहरीले जानकारी दिएको छ।

उनको सुसाईट नोटमा यो पनि छ। चार साथीबाट सापटी लिएको साढे सात हजार रुपैँया तिनुपर्ने हिसावसमेत नोटमा लेखेका उनले उक्त रकम आफ्नै खल्तीमा रहेको रकमबाट तिरिदिन पनि भनेका छन्। उनको खल्तीमा नौ हजार दुई सय २५ रुपैँया पनि भेटिएको प्रहरीले जनाएको छ।

तिखो दिमाग र पढाईमा निकै मिहेनती लोकेश गाउँका सबैको आशाका केन्द्र रहेको गाउँलेहरु बताउछन्। बीएस्सी सम्मको अध्ययन गरेका लोकेशले दुई पटकसम्म नेपाली सेनाको सेकेन्ड लेफ्टिनेन्टको लिखित परीक्षामा नाम निकालेका थिए। लिखितमा दुई/दुई पटक नाम निकाल्दा पनि मागेजती पैँसा दिन नसक्दा मौखिकमा फेल भएपछि उनमा ठूलो निराशा छाएको लोकेशका भिनाजु रमेश रावलले सुनाए। नेपाली सेनामै जागिर खाएर राष्ट्रको सेवा गर्ने उनमा ठूलो धोको थियो, रावलले भने, नेपाली सेनाको प्रमुख पदमा पुग्ने लक्ष्य सुनाउने गरेको मान्छे दुइ पटक मौखिकमा फेल भएपछि सारै निराश थियो।

पछिल्लो सयम कोरिएन भाषा परीक्षासमेत उत्तीर्ण गरेर भिसा आउने अन्तिम अवस्थामा पुगेको पनि रावलले जानकारी दिए। एकोहोरो स्वभावका उनले खासमा के कारणले आत्महत्या गरेको हो भन्ने कुरा भने बुझन नसकेको रावलले सुनाए।

लोकेश कालागाउँ गाविसका पूर्व अध्यक्ष तथा सुकुम्बासी समस्या समाधान आयोग अछामका अध्यक्षसमेत रहेका कृष्ण सोडारीका कान्छा छोरा हुन्। निमित्त जिल्ला प्रहरी प्रमुख महेन्द्र कलौनीले मिहेनतको कदर हुन नसकेको देखेर जीवनदेखि नै निराश भएर आत्महत्या गरेको हुन सक्ने बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

रसुवाको लेन्दे खोलाको बाढीले भोटेकोशीमा असर, नेपाली सेनाद्वारा ११ जना उद्धार, १८ बेपत्ता

काठमाडौं, असार २४ गते। रसुवाको लेन्दे खोलामा आएको बाढी भोटेकोशी नदीमा मिसिएपछि उत्पन्न संकटमा फसेका

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

हट्न लाग्यो भारतको बाटो प्रयोग गर्ने बाध्यता

२२ असार २०८२, आइतबार – दार्चुलानेपालका नागरिकले आफ्नै देशभित्रको छाङरु र टिङ्कर पुग्न वर्षौंदेखि भारतको

राइड सेयरिङ कार्यान्वयन अन्योलमा, व्यवसायी असन्तुष्ट

२० असार २०८२, काठमाडौँ ।गण्डकी प्रदेश सरकारले सार्वजनिक सवारी साधनको अभाव कम गर्न ल्याएको ‘राइड

अन्तर्राष्ट्रिय वित्तीय प्रणालीको सुधारमा प्रधानमन्त्री ओलीको जोड

सेभिया (स्पेन), असार १६ – प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारको आवश्यकतामा विशेष

यि १२ जिल्लामा आज र भोलि विभिन्न भारी वर्षा हुने सम्भावना

 असार १५,काठमाडौँ  । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पश्चिम नेपालका विभिन्न १२ जिल्ला आज