काभ्रे, ४ चैत । काभ्रेली ‘डन’ अर्थात गुन्डा नाइके दावा लामा हिरासतबाट छुटेको दुई हप्तापछि सार्वजनिक कार्यक्रममा देखिएका छन् ।
काभ्रे जिल्लाको कोशीपारीको भुम्लु गाउँपालिकाको वडा नम्बर १०मा दावा लामा आफ्ना साथीहरूसँग देखिएका हुन् । उनीसँगै तरुण दलका नेता महेश खरेल पनि देखिएका छन् ।
बोलेरो, हाइलक्स पिकअप लगायतका महँगा गाडी लिएर कोशीपारी पुगेका कथित ‘डन’ दावा लामाले कांग्रेसको झण्डा अगाडि राखेर कार्यक्रम समेत गरेको एक सहभागीले बताए ।
‘महेश खरेल, दावा लामासहितको समूह आएका थिए । गाउँमा खानाखान पनि दियौँ । भेटघाट कार्यक्रम पनि थियो’, कार्यक्रममा सहभागी कांग्रेसका एकजना स्थानीय नेताले भने ।
राजनीतिक कार्यक्रमका लागि भन्दा पनि आफ्नो रवाफ देखाउन आएको जस्तो देखिएका दावा लामाले आफ्ना अगाडि पछाडि हिँड्ने लठैतहरूलाई बेलाबेला विशेष निर्देशन दिने गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।
काठमाडौंको दरबारमार्गमा युवा व्यवसायीलाई सांघातिक आक्रमण गरेर एकसाता हिरासतमा बसेर कांग्रेसी नेताहरूको दबाबमा धरौटीमा रिहा भएका दावा लामालाई प्रहरीले उच्च निगरानीमा राखेको छ ।
जबरजस्ती पैसा असुल्ने, व्यक्ति अपहरण, कुटपिट, ठेक्का पट्टा, व्यवसायीहरूसँग महिनावारी रकम असुल्ने आदि आरोप दावा लामालाई लागेको छ । विभिन्न अपराधमा जेल सजाय भोगीसकेका दावा लामालाई कांग्रेस नेताहरूको ठूलो संरक्षण छ ।
यस्तो गतिविधिवाट के देखिन्छ भने काग्रेसमा राम्रा मान्छे, असल शासन र सुशासनलाई पालना गर्ने मान्छे भन्दापनि गुण्डागर्दी र रबाफ लगाएर जनतामा त्रसित पार्दै चुनाब कब्जा गरेर सत्तामा पुग्ने अनि ब्रम्मलुट मच्चाउने नै उसको रणनीति बुझिन्छ । देश भाँडमा जाओस, जनताको समृद्धको सपना तुहियोस वा जे होस कांग्रेसलाई सत्ताको प्यारो छ भन्ने कुरा यो गतिविधिवाट प्रष्ट हुन्छ ।
को हुन त महेश खरेल ?
तत्कालिन राजा ज्ञानेन्द्रले जब आप्mनो शासनकालका उत्तरार्दमा शेर बहादुरलाई प्रधान मन्त्रिमा नियुक्ति दिएका थिए त्यसैवेला देउवाले राजेन्द्र खरेललाई शिक्षा राज्यमन्त्रीमा नियुक्ति गरे र महेश खरेल उनै मन्त्री राजेन्द्र खरेलका छोरा हन् जो बाबुको मन्त्रीस्तरीय अमेरीका भ्रमणका क्रममा अमेरीका गए तर बाबुसंग नर्पmकी उतै मस्तराम भए । बाह्रवर्ष पछि अमेरीकामा व्यापार गरेर अरवौं कमाएको कथा मात्र हैन अरवौ धन बोकेर यिनी पुन नेपालमा राजनीति गर्ने मनसाय लिएर आए । नेपाली राजनीतिमा यूवा शक्तिको दुरुपयोग त सवै पार्टीमा छ तर अन्य पार्टीको तुलनामा कांग्रेसमा पार्टीभित्रै यूवा शक्तिको दुरुपयो हुन्छ भन्ने कुरा यिनि नेपाल आएपछी काभ्रेको नेपाली कांग्रेसमा विगत लामो समय देखी दुख गरेका, वडा लेभल देखि चुनिदै आएका शुन्दरमणी आचार्यलाई क्षेत्रिय सभापतीमा हराउन यिनले प्रति भोट रु ५०,००० सम्म तिरेर क्षत्रिय सभापती हत्याए भन्ने अर्को पक्षको आरोपले पुष्टी गर्छ ।
यिनको पक्षलाई यो पनि आरोप छ कि विगत लामो समयदेखि पार्टीमा इमान्दारपूर्वक काम गर्ने काग्रेसी कार्यकर्ताको भाग पछि आएका अवसरवादी तथा गुण्डा राजले कब्जा गर्यो अब जस्तालाई त्यस्तै जबाफ दिनुपर्छ भन्ने सोचको साथ केहि महिना पहिले पाँचखालमा महेश खरेलमाथि आक्रमण भएको देखिन्छ । शुन्दरमणीलाई साथ दिने जिल्लास्तरमा शीव हुमगाइ छन् भने केन्दमा कृष्ण सिटौला, गगन थापा छन् । उता महेश खरेलको टीमलाई साथ दिने जिल्लास्तरमा मधु आचार्य, तीर्थ लामा, कञ्चन बादे र केन्द्रमा विमलेन्द्रनीधि र देउवा रहेको एक स्थानिय कार्यकर्ताले बताए ।
आज ५ चैत्रमा फेरी सोहि टोली उक्त डन लगायतलाई लिएर धुलीखेलस्थित आप्mना पक्षकामध्ये को कसलाई चुनावको टीकट दिलाउने र पार्टी भित्रकै अर्को पक्षलाई एक्लाई राज गर्ने भन्ने रणनीति तयार गर्न १२ बजे शंखबुद्दको संस्थामा गुटगत बैठक बसेको श्रोतका दावी छ । उक्त गुट शंखवुद्द लामाको अफिस अगाडी करीव १ घण्टा महेश खरेलको प्रतिक्षामा बसेको थियो जव हरियो नं प्लेटको गाडीमा खरेलको आगमन पश्चात साट्सुट् भित्र पसेको थियो, वैठकमा भने महेशसँग आएको केटाहरुको टोली सोही गाडीमा हतारहतार अन्यत्र मुभ भएपछी दावा सहितका खुराफाती लिएर महेश भित्र करिव ३ घण्टा गोप्य बार्तामा व्यस्त रहे । क्रमश:
मङ्सिर २६, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा. सुरेशप्रसाद आचार्यले
कात्तिक ११, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सौदाबाजीका लागि राष्ट्रियताका हितका प्रश्नमा कुनै सम्झौता नगरिने
भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै
भदौ २०, सुर्खेत। नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले देशमा बलियो शक्ति आवश्यक भएकाले २०८४ मा
साउन १५, । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले लोकतन्त्रको स्थायित्वका लागि एमाले–कांग्रेसका बिच सहकार्य भएको
काठमाडौँ, साउन ११ गते । बैंक तथा वित्तीय संस्थाको पुँजीकोषमा परेको दबाब व्यवस्थापन गर्न नेपाल