पेरिस । अन्तर्राष्ट्रिय मुद्रा कोषको पेरिस कार्यालयमा प्राप्त एक पत्र खोल्ने क्रममा बुधबार विस्फोट भएको छ। विस्फोटबाट उक्त संस्थाका पेरिसस्थित एक कर्मचारी सामान्य घाइते भएको स्थानीय प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार विस्फोटमा मुद्रा कोषका कर्मचारीको दुवै हात र अनुहारमा सामान्य चोट लागेको प्रहरीले जनाएको छ ।
विस्फोटपछि ‘आर्क डे ट्रिओक’ स्मारक नजिकै रहेको अन्तर्राष्ट्रिय मुद्रा कोषको पेरिसस्थित कार्यालयमा रहेका कैयौँ कर्मचारीलाई सुरक्षार्थ खाली गरिएको फ्रान्सेली प्रहरी स्रोतले जनाएको छ ।
घटनापछि कुनै विस्फोटबारे फ्रान्सेली प्रहरीले कुनै लिङ्क भेटाएको सूचना प्राप्त नभए पनि ग्रीसको उग्र वामपन्थी समूहले पत्रमा विस्फोटक पदार्थ आफ्नो समूहद्वारा पठाएको र सो पत्र जर्मन अर्थ मन्त्रालयलाई लक्षित गरी पठाइएको जनाएको छ ।
सो समूहले छ वर्षभन्दा बढी युरोपेली अधिकारीलाई लक्षित गरी यस्तै अभियान चलाएको बताइएको छ ।
‘कन्सपिरेसी अफ फायर न्युक्लेई ग्रुप’ ले एक वेबसाइटमा जारी गरेको विज्ञप्तिमा विस्फोटक पदार्थसहितको पार्सल विस्फोट हाम्रो समूहद्वारा गराएका बताएको छ । जर्मन प्रहरीले बुधबार जर्मन वित्तमन्त्री बुल्फाग्याङ्ग स्काउवलको कार्यालय भवनमा विस्फोटक पदार्थ भेटाएको जनाएको छ।
काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले
काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले
१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
शुक्रबार, फागुन १, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट काठमाडौं आइपुगेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा
काठमाडौं, माघ २९ निर्वाचन आयोगले प्रत्यक्ष निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरूलाई आगामी फागुन ३ गतेभित्र आफ्नो निर्वाचन