अन्तर्राष्ट्रिय मुद्रा कोषको कार्यालयमा चिठ्ठी बम विस्फोट

Capture-22पेरिस । अन्तर्राष्ट्रिय मुद्रा कोषको पेरिस कार्यालयमा प्राप्त एक पत्र खोल्ने क्रममा बुधबार विस्फोट भएको छ। विस्फोटबाट उक्त संस्थाका पेरिसस्थित एक कर्मचारी सामान्य घाइते भएको स्थानीय प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार विस्फोटमा मुद्रा कोषका कर्मचारीको दुवै हात र अनुहारमा सामान्य चोट लागेको प्रहरीले जनाएको छ ।

विस्फोटपछि ‘आर्क डे ट्रिओक’ स्मारक नजिकै रहेको अन्तर्राष्ट्रिय मुद्रा कोषको पेरिसस्थित कार्यालयमा रहेका कैयौँ कर्मचारीलाई सुरक्षार्थ खाली गरिएको फ्रान्सेली प्रहरी स्रोतले जनाएको छ ।

घटनापछि कुनै विस्फोटबारे फ्रान्सेली प्रहरीले कुनै लिङ्क भेटाएको सूचना प्राप्त नभए पनि ग्रीसको उग्र वामपन्थी समूहले पत्रमा विस्फोटक पदार्थ आफ्नो समूहद्वारा पठाएको र सो पत्र जर्मन अर्थ मन्त्रालयलाई लक्षित गरी पठाइएको जनाएको छ ।

सो समूहले छ वर्षभन्दा बढी युरोपेली अधिकारीलाई लक्षित गरी यस्तै अभियान चलाएको बताइएको छ ।

‘कन्सपिरेसी अफ फायर न्युक्लेई ग्रुप’ ले एक वेबसाइटमा जारी गरेको विज्ञप्तिमा विस्फोटक पदार्थसहितको पार्सल विस्फोट हाम्रो समूहद्वारा गराएका बताएको छ । जर्मन प्रहरीले बुधबार जर्मन वित्तमन्त्री बुल्फाग्याङ्ग स्काउवलको कार्यालय भवनमा विस्फोटक पदार्थ भेटाएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मलेशियामा श्रमिक पठाउने कम्पनीका लागि दस सर्त

कात्तिक कार्तिक १४, काठमाडौं । मलेसिया लाभासीका श्रमिक पठाउने देश वैदेशिक व्यापार व्यवसाय कम्पनीका लागि

सुशीला कार्की नेतृत्वको सरकार खारेज गरी सर्वपक्षीय अन्तरिम सरकार गठन गर्नुपर्छ : विप्लव

कात्तिक २, काठमाडौं  ।  नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले हालको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार

अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबिच भेट

वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री

नेपालको अदालतमा अभिलेख सङ्कट : अबको बाटो कता?

काठमाडौँ, भदौ २९।‘जेन–जी’ आन्दोलनका क्रममा उत्पन्न हिंसात्मक घटनाले नेपालका प्रमुख सरकारी संरचनासहित सर्वोच्च अदालत, विशेष

जेनजी आन्दोलनमा घुसपैठ भएको दाबी, सहभागी युवाहरुलाई फिर्ता हुन आह्

काठमाडौं, भदौ २३ गते । जेनजी नेपालले आफ्नो आन्दोलनमा घुसपैठ भएको भन्दै सहभागी युवाहरुलाई सुरक्षित

मुख्यसचिव र मुख्य रजिस्ट्रारको कार्यकाल २ वर्ष, सचिवको ४ वर्ष कायम गर्ने सहमति

२०८२ भदौ १२ , काठमाडौं । नेपाल सरकारको मुख्यसचिव र सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारको पदावधि