मोर्चाका कार्यकर्ताहरुले गरे गाउँपालिकामा तोडफोड

2017-03-16_0903काठमाडौं, ३ चैत । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरुले रौतहट जिल्लाको विभिन्न स्थानमा स्थापना गरिएको गाउँपालिका कार्यालयमा झुण्डाएको साइनबोर्ड तोडफोड गरेका छन्। स्थानीय तह संरचनाको विरोध गर्दै उनीहरुले वोर्ड तोडफोड गरेका हुन्।

रौतहटमा तीन नगरपालिका र १३ गाउँपालिका सहित स्थानीय तह कार्यान्वयन भएका १६ वटा कार्यालयहरु मध्ये अधिकांश कार्यालयका साइनवोर्डहरु तोडफोड गरिएको छ।

जिल्ला समन्वय समितिको कार्यालयमा झुण्डयाइएका साइन बोर्डलाई मोर्चाका कार्यकर्ताहरुले बुधवार दिउँसो तोडफोड गरेका थिए। यसैगरी इशनाथ गाउँपालिका औरैयामा उद्घाटन कार्यक्रम संचालन भईरहदा मोर्चाका कार्यकर्ताहरुले कार्यक्रम विथोलेर आगजनी गरेका थिए।

यस्तै दुर्गा भगवती गाउँपालिका गंगापिपरा, माधवनारायण गाँउपालिका, गढीमाई, गुजरामाई, पतुवा विजयपुर, कटहरिया, देवाही, मौलापुर गाउँपालिकाहरुमा झुण्डयाइएको बोर्ड तोडफोड गरी जलाएपछि कामकाज ठप्प भएको जिल्ला समन्वय समिति रौतहटले जनाएको छ। समन्वय समितिका संयोजक उमेश बस्नेतले राजपुर र परोहा गाउँपालिकाको उद्घाटन गरिएको उनले बताए।

वृन्दावन गाउँपालिका विश्राम्पुरमा कार्यालय संचालन भएपनि राष्ट्रिय झण्डा र कालो झण्डा दुइटै झुण्डयाइएको जानकारी दिदै संयोजक बस्नेतले राजनीतिकरुपमा समस्या समाधान नभए सम्म स्थानीय तहमा काम गर्न निकै गाह्रो भएको बताए।

स्थानीय निकायको पुर्नसंरचनाको विषयलाई लिएर रौतहटमा विरोध गरेको मोर्चाले जनाएको छ। समान जनसंख्याको आधारमा स्थानीय तहको पुनर्संरचना हुनु पर्ने र संसदमा दर्ता रहेको संविधान संशोधन प्रस्ताव परिमार्जन सहित पारित हुनुपर्ने माग मोर्चाको रहेको नेपाल सदभावना पार्टीका नेता अनिल सिंहले बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

राहदानी वितरणमा हट्यो कोटा

मंसिर ५, काठमाडौं। राहदानी विभागले फ्रान्सेली कम्पनी ‘E Smart Identity France SAS (पूर्व आईडेमिया)’ सँग