मोर्चाका कार्यकर्ताहरुले गरे गाउँपालिकामा तोडफोड

2017-03-16_0903काठमाडौं, ३ चैत । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरुले रौतहट जिल्लाको विभिन्न स्थानमा स्थापना गरिएको गाउँपालिका कार्यालयमा झुण्डाएको साइनबोर्ड तोडफोड गरेका छन्। स्थानीय तह संरचनाको विरोध गर्दै उनीहरुले वोर्ड तोडफोड गरेका हुन्।

रौतहटमा तीन नगरपालिका र १३ गाउँपालिका सहित स्थानीय तह कार्यान्वयन भएका १६ वटा कार्यालयहरु मध्ये अधिकांश कार्यालयका साइनवोर्डहरु तोडफोड गरिएको छ।

जिल्ला समन्वय समितिको कार्यालयमा झुण्डयाइएका साइन बोर्डलाई मोर्चाका कार्यकर्ताहरुले बुधवार दिउँसो तोडफोड गरेका थिए। यसैगरी इशनाथ गाउँपालिका औरैयामा उद्घाटन कार्यक्रम संचालन भईरहदा मोर्चाका कार्यकर्ताहरुले कार्यक्रम विथोलेर आगजनी गरेका थिए।

यस्तै दुर्गा भगवती गाउँपालिका गंगापिपरा, माधवनारायण गाँउपालिका, गढीमाई, गुजरामाई, पतुवा विजयपुर, कटहरिया, देवाही, मौलापुर गाउँपालिकाहरुमा झुण्डयाइएको बोर्ड तोडफोड गरी जलाएपछि कामकाज ठप्प भएको जिल्ला समन्वय समिति रौतहटले जनाएको छ। समन्वय समितिका संयोजक उमेश बस्नेतले राजपुर र परोहा गाउँपालिकाको उद्घाटन गरिएको उनले बताए।

वृन्दावन गाउँपालिका विश्राम्पुरमा कार्यालय संचालन भएपनि राष्ट्रिय झण्डा र कालो झण्डा दुइटै झुण्डयाइएको जानकारी दिदै संयोजक बस्नेतले राजनीतिकरुपमा समस्या समाधान नभए सम्म स्थानीय तहमा काम गर्न निकै गाह्रो भएको बताए।

स्थानीय निकायको पुर्नसंरचनाको विषयलाई लिएर रौतहटमा विरोध गरेको मोर्चाले जनाएको छ। समान जनसंख्याको आधारमा स्थानीय तहको पुनर्संरचना हुनु पर्ने र संसदमा दर्ता रहेको संविधान संशोधन प्रस्ताव परिमार्जन सहित पारित हुनुपर्ने माग मोर्चाको रहेको नेपाल सदभावना पार्टीका नेता अनिल सिंहले बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’