नगद कारोबार घटाउन मोबाइल बैंकिङ

mobile-banking-58c9e67a23e9a5.75236605काठमाडौः सरकारले टेलिकम सेवा प्रदायको प्रविधि प्रयोग गरेर मोबाइल फाइनान्स र बैंकिङ सेवा दिने भएको छ । बैंकिङ पहुँच नपुगेका स्थानमा नगद कारोबार घटाउने उद्देश्यले मोबाइल बैंकिङ सेवा सञ्चालन गर्न लागिएको हो ।

सूचना तथा सञ्चार मन्त्रालय, नेपाल राष्ट्र बैंक, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल बैंकर्स एसोसिएसन र मोबाइल सेवा प्रदायकको संयुक्त प्रयासबाट यस्तो सेवा प्रदान गर्न लागिएको छ । पैसाको प्रयोग हुने हुँदा राष्ट्र बैंकले कारोबार नियमन गर्नेछ । प्रविधितर्फ टेलिकम क्षेत्रको नियमन र सेवाको अनुगमन दूरसञ्चार प्राधिकरणले गर्नेछ । यसैगरी, बैंक खातामार्फत यसको प्रयोग हुने भएकाले बैंकिङ प्रणालीमार्फत कारोबार गर्ने सरकारले तयारी गरेको सूचना तथा सञ्चार मन्त्रालयका सहसचिव किशोरजंग कार्कीले जानकारी दिए ।

मन्त्रालयले आधुनिक प्रविधि उपयोग गरेर बैंक तथा वित्तीय संस्थाको पहुँच नपुगेका स्थानमा पनि मोबाइल बैंकिङ सेवा दिने विषयमा सम्बन्धित निकायसँग छलफल गरिरहेको छ । मन्त्रालयले यो प्रविधि प्रयोग गर्न राष्ट्र बैंक र दूरसञ्चार प्राधिकरणलाई आवश्यक कानुनी व्यवस्था गर्न निर्देशन दिएको छ ।

यसका लागि राष्ट्र बैंकले टेलिकम सेवा प्रदायकले सहायक कम्पनी खोल्नुपर्ने प्रावधान छ । आर्थिक कारोबार गर्ने र बैंक खातामा पैसा राख्ने र झिक्ने व्यवस्थासँग सम्बन्धित भएकाले सहायक कम्पनी खोल्न र पेमेन्ट एन्ड सेटलमेन्ट विभागबाट अनुमति लिनुपर्ने व्यवस्था गरिएको नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले जानकारी दिए ।

सूचना तथा सञ्चार मन्त्रालय, नेपाल राष्ट्र बैंक, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल बैंकर्स एसोसिएसन र मोबाइल सेवा प्रदायकको संयुक्त प्रयासबाट यस्तो सेवा प्रदान गर्न लागिएको छ ।
पौडेलका अनुसार चासो धेरैको भए पनि सेवा प्रदायकले अहिलेसम्म यो कारोबारको अनुमति लिएका छैनन् । नगद प्रयोग घटाउने र बैंकिङ पहुँच नपुगेको ठाउँमा पनि सजिलो सेवा दिन सक्ने माध्यम नै यो सेवा भएको पौडेलको बुझाइ छ ।मोबाइल बैंकिङ सेवा सञ्चालन गर्ने विषयमा प्रारम्भिक मसौदा तयार भएको नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले बताए । उनका अनुसार सञ्चालन मोडालिटी तयार पार्ने विषयमा टुंगो लागिसकेको छैन ।

मोबाइल बैंकिङ सेवा सञ्चालन गर्न सम्बन्धित निकायको प्रस्तुतीकरणसहित प्राधिकरणले बिहीबार एक गोष्ठिसमेत आयोजना गर्ने भएको छ । टेलिकम सेवा प्रदायकको नेटवर्क प्रयोग हुने भएकाले यो सेवाका लागि छुट्टै सहायक कम्पनी खोल्नुपर्ने शर्तअनुसार एनसेलले आवेदन दिइसकेको छ । एनसेलले सहायक कम्पनीका लागि प्राधिकरणमा आवेदन दिइसकेको छ ।

मोबाइलबाट रकम भुक्तानी भएकाले पनि सेवा प्रदायकलाई अनुमति अनिवार्य गरिएको छ । प्राधिकरणले प्राविधिक तहमा अध्ययन अगाडि बढाएको छ । मोबाइलबाट पेमेन्ट हुँदा सुरक्षाको पाटोमा बढी ध्यान दिनुपर्ने भएकाले पनि प्राधिकरणले नियमनमा कडाइ गर्ने भएको छ । यो सेवा सञ्चालनपछि रेस्टुरेन्टमा बिल तिर्न, एउटाको एकाउन्टबाट अर्कोलाई ट्रान्सफर गर्न, हवाई टिकेट खरिदसहितका क्षेत्रमा मोबाइल बैंकिङको प्रयोग हुने भएकोले नगदै बोक्नुपर्ने झन्झट हुँदैन । आजको अन्नपुर्ण पोस्टमा खबर छ ।

‘मोबाइल बैंकिङको प्रयोग भनेकै क्यासलेस बनाउने भन्ने उद्देश्यले धेरैवटा बैंकले सेवा सुरु नै गरेका छन्,’ नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष अनिल शाहले भने । उनका अनुसार नगदको कारोबार गर्ने अधिकार बैंकलाई भएकोले विभिन्न निकायको समन्वयमा कानुनी दायरामा ल्याउन लागिएको हो । यो सेवामा कुनै टेलिकम सेवा प्रदायको प्रविधिमा समस्या आएको अवस्थामा राष्ट्र बैंकसम्म पुग्नुपर्छ । दुर्गम क्षेत्रमा बस्ने स्थानीयले विदेशबाट आफन्तले पठाएको पैसालाई पनि मोबाइल बैंकिङबाट नै प्रयोग गर्न सक्छन् । नेपाल टेलिकमका सहायक प्रवक्ता सोभन अधिकारीले मोबाइल पर्स नै यो सेवा हुने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

एआई एजेन्टले विकीमार्फत सहकार्य गरेको खुलासा

काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले