नेपालगन्ज, १ चैत्र । तस्बिरमा देखिएका यी बालकहरु १० देखि १२ वर्ष उमेर समुहका हुन् । उनीहरुको शरिरमा भने एउटा प्रमुख राजनीतिक दलको युवा संघको टिसट लगाइएको छ । सुनबस–७ नवलपरासीका बालकहरुलाई आफू कुन कार्यक्रममा आएको हुँ भन्ने समेत हेक्का छैन । तर, नेकपा एमालेको अभियानमा आएका बालबालीका ठूलो भागदौडमा परे र भने उनीहरुको हालत के होला ?
आफ्नो राजनीतिक उद्देश्य पुर्तिको लागि जस्तो सुकै हर्कत गर्न लागि पर्ने दलहरुलाई बालबालिकाको भविष्यको के ख्याल होला र ? एमालेको मेचि महाकाली अभियानको क्रममा यसरी बालबालिका प्रयोग भएको तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेको छ । तर, युवा संघकै टिसर्टमा बालबालीका प्रयोग भएको तस्बिर सार्वजनिक हुँदा समेत युवा संघ अध्यक्ष राजिव पहारी भने अस्विकार गर्छन् ।
‘म यो अभियानमा झापा देखि नै अभियानमा छु,’ पहारीले भने,‘हाम्रो अभियानमा कुनै पनि बालबालीका प्रयोग भएका छैनन् ।’
सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक भएको विषय उठाएपछि भने उनी आफ्नो झूटबाट एक कदम पछि हटे । ‘हाम्रो अभियानमा बालबालीका आउँनुलाई नराम्रो मानिँदैन, बालबालीकाहरु स्वतस्फूर्त युवा संघको टिसर्ट लगाएर आएको हो ।’
तर, अभियानमा आएका एक बालकले भने आफूलाई आफ्नो अंकलले दवाब दिएर युवा संघको ड्रेस लगाउँन लगाएको बताए । ‘मेरो अंकल एमालेको नेता हुनुहुन्छ । उहाँले लाउ यो टिसर्ट लगाउ भनेर दिनु भयो,’ ती बालकले भने,‘मलाई पार्टी भनेको के हो थाहा त छैन ।’
केन्द्रीय बाल कल्याण समितिका कार्यकारी निर्देशक तारक धितालले यसरी राजनीतिक गतिविधिमा बालबालीकाको प्रयोग गर्नु दुखत रहेको बताए । ‘कुनै पनि राजनीतिक गतिविधिमा बालबालीकाको प्रयोग हुँनु दुखद हो,’ उनले भने,‘एमाले जस्तो जिम्मेवार दलले यो गर्नु विलकुल गलत हो । हामी सम्बन्धित जिल्लाबाट रिपोर्ट बुझेर कारबाही गर्नेछौँ ।’
काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना
काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार
काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले
काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट