प्रधानमन्त्री बसेकै सिट जलाइयो

timthumb-1-16प्रधानमन्त्री पुष्पकमल दाहाल मंसिर १२ गते साझा यातायातको पुल्चोक कार्यालयमा पुगे । उनले ३० वटा साझाले ल्याएका बस अवलोकन र उद्द्धाटन गरे। त्यसपछि उनी साझा बस चढेर सिंहदरबारस्थित कार्यालय जाने निर्णयमा पुगे। यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ।

तत्काल साझा यातायातका अध्यक्ष कनकमणि दिक्षितले प्रधानमन्त्रीलाई बा ४ ख ५६४८ नम्बरको बसमा चढाए । उक्त सिट विशेष सुविधायुक्त थियो। दीक्षितको मनासय साझाले सर्साधारण दिन चाहेको सेवा सुविधाबारे प्रधानमन्त्रीलाई अवगत गराउनु थियो।

प्रधानमन्त्रीले चढेको उक्त बसको सो सिट शनिबार बन्दको अवज्ञा गरेको भन्दै जलाइएको छ। नेत्रविक्रम चन्द नेतृत्वको पार्टी कार्यकर्ताले शनिबार बालाजु बाइपासमा आगो लगाएको बस प्रधानमन्त्री दाहालले उद्घाटन क्रममा चढेका थिए । प्रधानमन्त्री बसेकै सिट जलेर नष्ट भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आन्दोलनका मुद्दा फिर्ता र ‘पक्राउ नगर्ने’ मागमा सिंहदरबारमा तनाब

बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

उज्यालो नेपाल पार्टीको घोषणा, सुमना श्रेष्ठ पनि पुगिन् घोषणा सभामा

मंसिर १७, काठमाडौं। सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ, र भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि

सबै उद्योगमा विद्युत् आपूर्ति पुनः सुचारु

कात्तिक २७, काठमाडौं।डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपयोग गर्दै प्रिमियम महसुल नतिरेका कारण काटिएका सबै

प्रचण्ड–माधव र भीम रावलबीच ७ बुँदे सहमती

काठमाडौँ, कार्तिक २६।भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान र *नेपाल कम्युनिस्ट पार्टी (नेकपा)*बीच ७ बुँदे