February 23, 2017

यसरी हुन्छ स्ववियु गठन

१२ फागुन, काठमाडौं । त्रिभुवन विश्वबिद्यालयमा पहिलो पटक मिश्रित प्रणालीबाट स्ववियु चुनाव हुँदैछ । उसले प्रत्येक क्याम्पसमा बिद्यार्थी सङ्ख्याको आधारमा स्ववियु सदस्य निर्धारण गरेको छ ।

त्रिविले प्रत्यक्ष र समानुपातिकबाट आउने संख्या र विधिसमेत निर्धारण गरेको छ । त्रिविका अनुसार २०० बिद्यार्थी रहेको क्याम्पसमा ११ सदस्यीय कार्यसमिति रहनेछ भने अध्यक्ष, महासचिव, कोषाध्यक्ष र तीन सदस्य प्रत्यक्ष निर्वाचित हुने व्यवस्था छ ।

पदाधिकारी र सदस्यमा ५०/५० प्रतिशत प्रत्यक्ष र समानुपातिक निर्वाचित हुनेछन् । समानुपातिकमा निर्वाचित भएकाहरुले उपाध्यक्ष, सहसचिव लगायतका पदाधिकारी पद पाउनेछन् ।

२ सय बिद्यार्थी भएको क्याम्पसमा ११ सदस्यीय स्ववियु कार्यसमिति बन्नेछ भने २ सयदेखि १ हजारसम्म बिद्यार्थी भएको क्याम्पसमा १५ जना, १ हजारदेखि ३ हजारसम्म बिद्यार्थी भएमा १९ जना र तीन हजारमाथि बिद्यार्थी भएमा २१ जनाको कार्यसमिति बन्नेछ ।

स्ववियु निर्वाचन देशभर आगामी फागुन १८ गते हुँदैछ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

देशका दक्ष जनशक्ति विदेश पलायन हुदैँ, सरकार राहदानी वांड्दै

पछिल्ला समय नेपालीहरुमा विदेशी मोह लागेको छ । पैसा हुने नै होस् या नहुने सबै

एमाले दधिकोटको घरदैलो सम्पन्न,बालेनको लौरो किरण थापालाई हस्तान्तरण(फोटोफिचर)

२६ कार्तिक,भक्तपुर । लौरो अभियान्ता एवं लौरो चुनाव चिन्ह लिएर भक्तपुर २ प्रदेश (क) का

बृहत कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम भब्य रुपमा सप्पन्न

५ असोज,भक्तपुर । नेकपा एमाले सुर्यविनायक नगरकमिटी वडा नं ८ को आयोजनामा वडा स्तरीय बृहत

संविधान दिवसको अवसरमा एमालेको वाकाथन,अध्यक्ष ओली युवासंग पैदल यात्रामा

३० भदौ,काठमाडौं ।    संविधान दिवसको सातौं वर्षगाँठका अवसरमा नेकपा एमालेले असोज १ गते काठमाडौंमा

चिनियाँ राष्ट्रिय काङ्ग्रेसका अध्यक्ष चाङ्सु र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

२८ भदौ,काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल भ्रमणमा

दुबईमा युवाहरूलाई अलपत्र पार्ने मेनपावरका विरुद्ध उजुरी

२७भदौ,काठमाडौं । दुबईमा बिगत ६ महिनादेखि दर्जनौं युवाहरूलाई अलपत्र पार्ने काठमाडौको सिनामंगलमा रहेको Leading Foreign