काठमाडौँ, १० फागुन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग आज बिहान उहाँकै निवास बुढानिलकण्ठमा नेपालका लागि चिनियाँ राजदूत यू होङले शिष्टाचार भेटघाट गर्नुभएको छ । दैनिक नेपालमा खबर छ |
नेपाल र चीनबीचको आपसी सहयोग र सदभावपूर्ण सम्बन्ध तथा समसामयिक विषयमा भेटघाट केन्द्रित भएको भेटपछि काँग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।
भेटका अवसरमा राजदूत होङले नेपालमा स्थानीय तहको निर्वाचनको मिति घोषणा भएकोमा खुशी व्यक्त गर्दै नेपालको पर्यटन, कृषि, विद्युत लगायतका क्षेत्रमा विकासका लागि सहयोग पुर्याउन चीन इच्छुक रहेको धारणा व्यक्त गर्नुभयो ।
उक्त अवसरमा सभापति देउवाले आवधिक निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष रहेकाले स्थानीय तहको निर्वाचन गरिनु अपरिहार्य रहेको बताउँदै संविधान संशोधनका लागि संसदमा पेस भएका संशोधन प्रस्ताव पारित हुने र तराई केन्द्रित दलहरुको भावनासमेत सम्बोधन हुने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले नेपालको विकासमा चीन सरकार र त्यहाँका जनताबाट प्राप्त निरन्तर सहयोग र सद्भावको हार्दिक सह्राना पनि गर्नुभएको मुख्यसचिव पौडेलले जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
– अधिवक्ता तारानिधि पन्त नेपालमा सम्बन्धविच्छेदका घटना निरन्तर बढिरहेका छन्। केही दशकअघि समाजमा दुर्लभ मानिने
काठमाडौं, साउन २० गते । नेपाली कांग्रेसले सरकारले मानव अधिकार आयोगबाट भदौ २३–२४ का घटनामा
गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
मित्रता केवल व्यक्तिगत सम्बन्ध होइन, शान्ति, लोकतन्त्र, सामाजिक सद्भाव र दिगो विकासको आधार पनि हो।