काठमाडौं – राजधानीको गोंगबुस्थित नयाँ बसपार्कको मुहार फेरिने भएको छ । अस्तव्यस्त, फोहोर र असुरक्षित मानिने देशकै ठूलो यो बसपार्कलाई व्यवस्थित मात्र होइन, अत्याधुनिक र सुविधासम्पन्न बनाउन लागिएको खबर आजको नागरिकमा छ ।
बसपार्कको रेखदेशख तथा व्यवस्थित गर्न महानगरपालिका र लोत्से बहुउदेश्यीय प्रालिबीच २०७२ मा नयाँ सम्झौता भएको महानगरका राजस्व महाशाखा प्रमुख महेश काफ्लेले बताए ।
सम्झौताअनुसार प्रालिले अन्तराष्ट्रिय स्तरको बसपार्क चार बर्षभित्र बनाउनुपर्ने छ ।
बसपार्कलाई सबै दृष्टिले सुन्दर बनाइने बताइएको छ । बसपार्कलाई हेर्ने दृष्टिकोणमात्र होइन, मुहार नै फेर्ने काम भइरहेको प्रालि अध्यक्ष दिपक कुँवरले बताए ।
हाल चार सय सवारी अट्ने पार्किङलाई आठ सय सवारी साधन अट्ने गरी निर्माण गरिने, सात तले व्यापारिक भवन सहित बाल उद्यान, यात्रुका लागि वेटिङरुम, सपिङ मल, बैंकिङ काउन्टर, लकर सेवा आदि निर्माण गरिने छ । उच्च स्तरका होटल तथा रेस्टुरेन्ट समेत सञ्चालन गरिने छ ।
टाढाबाट आउने यात्रुका लागि आरामदायी कक्षको समेत व्यवस्था गरिनेछ । बसपार्क पूर्णतया सिसी क्यामेराको निगरानीमा हुनेछ ।
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
– अधिवक्ता तारानिधि पन्त नेपालमा सम्बन्धविच्छेदका घटना निरन्तर बढिरहेका छन्। केही दशकअघि समाजमा दुर्लभ मानिने
काठमाडौं, साउन २० गते । नेपाली कांग्रेसले सरकारले मानव अधिकार आयोगबाट भदौ २३–२४ का घटनामा
गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
मित्रता केवल व्यक्तिगत सम्बन्ध होइन, शान्ति, लोकतन्त्र, सामाजिक सद्भाव र दिगो विकासको आधार पनि हो।