बनेपा – होस्टेलमा रहेका विद्यार्थीको मृत्युपछि आक्रोशित अविभावकले बनेपा ५ स्थित ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानमा सोमबार तोडफोड गरेका छन् ।
सोही बिद्यालयको कक्षा १० मा अध्ययनरत काभ्रेको जनागाल ८ का १७ बर्षीय कृष्णराम पुर्कुटीको सोमबार बिहान मृत्यु भएको खबर आजको नागरिकमा छ ।
अविभावक र आफन्तले विद्यालय प्रशासनको लापारबाहीले मृत्यु भएको भन्दै तोडफोड गरेका हुन् । स्थिति सामान्य बनाउन प्रहरीले सात राउन्ड हवाई फायर गरेको थियो ।
एसएलसी तयारीका लागि होस्टेलमा बस्दै आएका कृष्णरामलाई उनीसँगै बस्ने साथीले बिरामी भएको भन्दै बिहान साँढे पाँच बजे बनेपा हस्पिटल लगेका रहेछन् । थप उपचारका लागि शिर मेमोरियल अस्पताल पुर्याएपछि उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
२०८३ साउन ३०, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कठिन परिस्थितिमा
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
२९ साउन २०८३, काठमाडौँ । नेपाल बार एसोसिएसनका अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सर्वोच्च अदालतमा
काठमाडौं, २८ साउन — पत्रकार किशोर श्रेष्ठको बिनाशर्त रिहाइको माग गर्दै नेपाल पत्रकार महासंघले काठमाडौं
काठमाडौँ, साउन २७ गते । सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता