काठमाडौं, १०फागुन । निर्वाचनको मिति घोषणा भएसँगै
मधेसी मोर्चाले मधेस बन्दसहित विरोधका कार्यक्रमहरुको घोषणा गरेको छ ।
मोर्चाले भोलि मंगलबार मसाल जुलुस प्रदर्शन गर्ने र ११ गते बुधबार मधेस बन्द गर्ने घोषणा गरेको छ । संविधान संशोधन बिना गरिने निर्वाचन स्वीकार्य नहुने बताउँदै मोर्चाले प्रेस विज्ञप्ति जारी गर्दै विरोधमा उत्रने निर्णय गरेको हो ।
माेर्चाले माअाेवादी केन्द्र र नेपाली कांग्रेसले २०७३ श्रावण १९ अाफूहरुसँग गरेकाे सम्झाैता विपरित संविधान संशाेधनलाई थाँति राखेर निर्वाचन मिति घाेषणा गरेकाे आरोप लगाएको छ । ‘संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा संसदमा दर्ता गराइएको संविधान संशोधन विधयेकलाई परिमार्जनसहित पारित नहुन्जेल हुने कुनै पनि निर्वाचनमा सहभागी त हुँदैन हुँदैन मधेसमा त्यस्ता निर्वाचन हुन पनि दिँदैन,’ मोर्चाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
यसैगरी विहीबारदेखि मोर्चाले १५ दिनसम्म गाउँगाउँमा भण्डाफोर कार्यक्रम पनि सञ्चालन गर्ने जनाएको छ ।
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री
१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।
काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार
काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि
२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि