February 20, 2017

विमानस्थलको टावरसँग केहीबेर सम्पर्क टुटेको जहाज सकुशल अवतरण

फागुन ९ – भारतको मुम्बइबाट बेलायतको लण्डनका लागि उडेको विमान गएको बिहीबार केही समय एयर ट्राफिक कन्ट्रोल टावरसँग सम्पर्क टुटेको खुलेको छ । तीन सय ३० यात्रुसहितको जेट एयरवेजको विमान जर्मनीको आकाशमा रहेका बेला त्यहाँको स्थानीय एयर ट्राफिक कन्ट्रोल टावरसँग सम्पर्क टुटेको हो । गलत रेडियो फ्रिक्वेन्सीका कारण केही मिनेट सम्पर्क टुटेको हिन्दुस्तान टाइम्सले जनाएको छ ।

सम्पर्क केही समय टुटेपछि जर्मनीको हवाई सेनाका दुई विमानले जेट एयरवेजको विमानलाई पछ्याएको भिडियोमा देखिएको छ । जर्मनीको हवाई सेनाले जेट एयरवेजको सुरक्षाका लागि आफ्ना दुई विमान खटाएको हो ।

केही मिनेटपछि नै एयर ट्राफिक कन्ट्रोल रुमको टावरसँग विमानको सम्पर्क स्थापित भएको र विमान सुरक्षित रुपमा लण्डनमा अवतरण भएको जेट एयरवेजले जनाएको छ । जेट एयरवेजको विमानमा ३३० यात्रु र चालक दलका १५ सदस्य थिए ।

जेट एयरवेजको सुरक्षाका लागि खटिएको जर्मनीको हवाई सेनाको विमानका पाइलटले खिचेको भिडियो भने आइतबार सामाजिक सञ्जालमा भाइरल भएको छ । जेट एयरवेजका विमानको चालक दलका सदस्यले गलत रेडियो फ्रिक्वेन्सी ट्युन गरेकाले सम्पर्क टुटेको हो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना