February 20, 2017

विमानस्थलको टावरसँग केहीबेर सम्पर्क टुटेको जहाज सकुशल अवतरण

फागुन ९ – भारतको मुम्बइबाट बेलायतको लण्डनका लागि उडेको विमान गएको बिहीबार केही समय एयर ट्राफिक कन्ट्रोल टावरसँग सम्पर्क टुटेको खुलेको छ । तीन सय ३० यात्रुसहितको जेट एयरवेजको विमान जर्मनीको आकाशमा रहेका बेला त्यहाँको स्थानीय एयर ट्राफिक कन्ट्रोल टावरसँग सम्पर्क टुटेको हो । गलत रेडियो फ्रिक्वेन्सीका कारण केही मिनेट सम्पर्क टुटेको हिन्दुस्तान टाइम्सले जनाएको छ ।

सम्पर्क केही समय टुटेपछि जर्मनीको हवाई सेनाका दुई विमानले जेट एयरवेजको विमानलाई पछ्याएको भिडियोमा देखिएको छ । जर्मनीको हवाई सेनाले जेट एयरवेजको सुरक्षाका लागि आफ्ना दुई विमान खटाएको हो ।

केही मिनेटपछि नै एयर ट्राफिक कन्ट्रोल रुमको टावरसँग विमानको सम्पर्क स्थापित भएको र विमान सुरक्षित रुपमा लण्डनमा अवतरण भएको जेट एयरवेजले जनाएको छ । जेट एयरवेजको विमानमा ३३० यात्रु र चालक दलका १५ सदस्य थिए ।

जेट एयरवेजको सुरक्षाका लागि खटिएको जर्मनीको हवाई सेनाको विमानका पाइलटले खिचेको भिडियो भने आइतबार सामाजिक सञ्जालमा भाइरल भएको छ । जेट एयरवेजका विमानको चालक दलका सदस्यले गलत रेडियो फ्रिक्वेन्सी ट्युन गरेकाले सम्पर्क टुटेको हो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

एमालेको नेतृत्व बहस र भू-राजनीतिक आयाम: व्यक्ति विस्थापन कि रणनीतिक स्थायित्व?

रमेश पन्त   नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको

चेक बाउन्सका पुराना मुद्दामा ५ वर्षे हदम्याद कायमै : सर्वोच्च

काठमाडौं, ३ भदौ । सर्वोच्च अदालतले चेक अनादर (चेक बाउन्स) सम्बन्धी पुराना मुद्दामा पाँच वर्षकै

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

ओलीको अडान : ‘अहिले नेतृत्व छाड्दिनँ’

२०८३ साउन ३०, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कठिन परिस्थितिमा

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

संवैधानिक इजलास गठनमा बारको आपत्ति

 २९ साउन २०८३, काठमाडौँ । नेपाल बार एसोसिएसनका अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सर्वोच्च अदालतमा